विनोद महतो
महेन्द्रनगर, असोज २० ।
विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा भईरहेको मैत्रीपूर्ण फुटलबल प्रतियोगिताको फाइनलमा विश्रामपुर ‘बी’ टिम पुगेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विश्रामपुर ‘बी’ टिमले मधुवासा टिमलाई १ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
निकै रोचक र घमासाना भएको सो खेलमा विश्रामपुर ‘बि’ टिमले मधुवासा टिमलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै फाइलनमा पुगेको छ । खेलको निर्धारित समयभित्र मधुवासा टिमका लागि जर्सी नं. १९ का खेलाडी संजिव थापाले १ गोल गरेका थिए । यस्तै प्रतियोगिताको आयोजक समेत रहेको विश्रामपुर ‘बि’ टिमका लागि जर्सी नं. ७ का खेलाडी सागर मगरले १ गोल र जर्सी नं. ११ का खेलाडी विकास मगरले १ गोल गरेका थिए ।
बुधवारको खेलमा योगेन्द्र यादवले एम्पायर तथा राजेश भुजेल र हेम बलम्पाकीले लाइन्सम्यानको रुपमा खेलाएका छन् ।
यता अब असोज २१ गते हुने दोस्रो सेमिफाइनल खेलमा धारापानी स्कुल टोल र आयोजक विश्रामपुर ‘ए’ टिमबीच कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका फाइनल खेल असोज २३ गते हुनेछ । प्रतियोगिताको उपाधीको लागि विश्रामपुर ‘बी’ टिमले दोस्रो सेमिफाइनल खेलको विजेता टिमसँग भिडन्त गर्ने आयोजक विश्रामपुर युथ क्लवका अध्यक्ष दिलबहादुर मगरले जानकारी दिएका छन् ।











































































































