• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मटर व्यवसायी र एसपीबीच चर्काचर्की


मटर व्यवसायी र एसपीबीच चर्काचर्की

नवलपरासी,
मटर (केराउ) को कारोबार गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् । मटर कारोबारमा संलग्न व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायिको टोलीले आफूहरुको मटर सहितका गाडि नियन्त्रणमा लिएको भन्दै असन्तुटी जनाएका थिए ।
खाद्यान्न सामाग्री ओसारपसारमा प्रतिबन्ध लगाईएको भन्दै उद्योग वाणिज्य संघले व्यवसायीलाई मर्कामा नपार्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको छ । तर उक्त ज्ञापन पत्रको आशय र दुई घण्टासम्म भएको छलफलमा मटरको सहज कारोबारको विषयले प्राथमिकता पाएको थियो । पश्चिम नवलपरासी हुँदै भारत तर्फ मटरको कारोबार हुँदै आएको छ ।
पछिल्लो समय प्रहरीले बिलविजक सहितको मटर लोड गरिएको सवारी साधन पनि नियन्त्रणमा लिएपछि आक्रोशित मटर कारोबार गर्ने व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघले मंगलबार सुरक्षा निकायको ध्यानआर्कषण गराएको हो । मटर छोहडा र मरिज जस्ता सामाग्री ओसारपसारमा प्रहरीले अवरोध सृजना गर्दै आएको भन्दै व्यवसायीले घुमाउरो तरिकाले भारत तर्फ तस्करी गर्न पाउनुपर्ने माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा प्रहरी उपरिक्षक मनोज कुमार यादवसँग व्यवसायीको चर्काचर्कि भएको थियो । उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी केशव चापागाँई र प्रहरी उपरिक्षक यादव बिच मटर सहितका सवारी साधन नियन्त्रणमा लिएको विषयमा केहिबेर चर्काचर्की भएको थियो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले सुरक्षा निकायले तस्करी नियन्त्रणको जिम्मेवारी लिएको बताउँदै विल विजक भएपनि भारत तर्फ तस्करी हुँदै आएका सामानको चेकजाँच गरिने बताउनुभयो । सिमा क्षेत्रमा आवश्यकता भन्दा बढी सामान पठाएर भारत तर्फ तस्करी गर्ने उदेश्य प्रष्ट रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मिश्रले त्यस्तो कार्यमा सुरक्षा निकायले साथ दिन नसक्ने स्पष्ट पार्नुभयो ।
लामो समय सम्म छलफल भएपनि कुनै निष्र्कष निस्कन नसकेपछि व्यसायीहरु प्रशासन कार्यालयबाट बाहिरिएका थिए । प्रशासनमा यस्तो विषयमा ज्ञापन पत्र बुझाउन आउने होईन ‘यो त सिधै तस्करी गर्न दे’ भने जस्तै भयो एक जना व्यापारीले भने तर नेपाल भित्रै कारोबार गर्न भने पाउनुपर्छ ।
प्रहरीले पश्चिम नवलपरासीको बजार क्षेत्रमा पनि कारोबार गर्न नदिएको र सवारी साधन नियन्त्रणमा लिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् । तर प्रमुख जिल्ला अधिकारी मिश्र सहित जनपथ र शसस्त्र प्रहरी उपरिक्षकले भने बजारमा विक्रिका लागि सानो परिमाणमा आएको मटर नियन्त्रणमा नलिएको दाबि गरेका छन् । ‘‘रातभरी मटर तस्करी भयो भनेर फोन आउछ सुत्न पाइँदैन,’’ प्रहरी उपरिक्षक यादवले भन्नुभयो, ‘‘व्यवसायीले एक दिन रातिमा आफूसँगै बसेर फोन कलको जवाफ दिनुस् ।’’
पश्चिम नवलपरासीमा लामो समयदेखि खुल्ला सिमानाको फाईदा उठाउँदै विरगञ्ज नाका हुँदै आएको मटर भारत तर्फ तस्करी हुँदै आएको छ । नेपालमा भन्दा भारतमा महंगो भएकाले नेपाली व्यापारीले सिमानामा मटरको ठुलो परिमाण भण्डाण गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् ।
सरकारले नेपालमा आवश्यक परिमाण भन्दा बढी मटर आयात गर्दै आएको छ । जिल्लामा विभिन्न तवरले मटर तस्करी नियन्त्रणको चर्चा हुने गरेपनि तस्करी भने नियन्त्रणमा आउन सकेको छैन् । जिल्ला आउने सुरक्षा निकायलाई तस्करी नियन्त्रण टाउको दुखाईको विषय बन्ने गरेको छ ।
सुरक्षा निकायको नेतृत्व कर्तालाई मोटो रकमको प्रलोभनमा तस्करी गराउँदै आएको आरोप पनि लाग्ने गरेको छ । खुल्ला सिमानाका कारण भारतबाट लागुऔषध सहित विभिन्न सामाग्रि अवैध रुपमा आयात पैठारी हुँदै आएपनि त्यसको नियन्त्रणको पहलका लागी जिल्लाका राजनैतिक दल समेत उदासिन बन्ने गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१५ आश्विन २०७८, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१५ आश्विन २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१५ आश्विन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१५ आश्विन २०७८, शुक्रबार
Next Post
अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न नेता भण्डारीको माँग

अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न नेता भण्डारीको माँग

विश्रामपुर युथ क्लवको आयोजनामा शनिवारदेखि मैत्रीपूर्ण फुटबल शुरु, उद्घघाटन खेलमा मधुवासाको जित

विश्रामपुर युथ क्लवको आयोजनामा शनिवारदेखि मैत्रीपूर्ण फुटबल शुरु, उद्घघाटन खेलमा मधुवासाको जित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh