जलेश्वर,गाेपाल झा
हिन्दुहरुको महान चाड दशै नजिकिँदै गरेकाबेला यात्रुहरुको सहयोग र सहजताका लागी महोत्तरीको जलेश्वर सहित तीन स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । सार्वजनिक यातायातका साधनहरूमा भिडभाड हुने र यात्रु ठगिन वा अन्य समस्यामा पर्न सक्ने सम्भावनाको सहज बनाउन महोत्तरीको जलेश्वर, बर्दिवास र गौशालामा यात्रु सहयता कक्ष स्थापना गरिएको हो । बिहीबार जलेश्वरमा प्रमुख जिल्ला अधिकारी तीथराज भट्टराईले उद्घाटन गरेकाहुन । प्रमुख जिल्ला अधिकारी भटराई चाडपर्वको वेला क्षमताभन्दा बढी यात्रु राख्ने, भिडभाडमा सामान छुट्ने, बढी भाडा लिने र चालकले मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न सहायता कक्षले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी
प्रकाश विष्टल हाल एक ट्राफिक प्रहरी र एक जनपद प्रहरी रहने व्यवस्था गरिएको छ । उक्त सहयता कक्षले यात्रुहरु तथा सवारीचालक दल समेतको गन्ना गरिने छ । सस्या समाधानका लागि प्रहरीहरुलाइ प्रयोग गर्ने जानकारी गराउनु भयो । उनले चाडवाडको समय विभिन्न समस्याहरू आउने गरेकोमा उक्त डेसक स्थापनापछि पीडितलाइ अन्यत्र गएर गुनासो पोख्न आवश्यक नरहेको सहायता कक्षबाटै समस्या माधानको प्रयास गरिने बताए । जलेश्वर स्थित बसपार्कमा संचालन भएको यात्रु
सहायता कक्ष उद्घाटन कार्यक्रममा जलेश्वर नपा वडा २ का वडाध्यक्ष, जलेश्वर
उद्योगबाणीज्य संघका अध्यक्ष तथा चालकहरुको उपस्थिती रहेको थियो ।










































































































