जलेश्वर,नागेन्द्र कुमार यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । महन्थ ठाकुर समूह संसद विघटन गर्ने केपी शर्मा ओलीको मतियार बनेको उनको आरोप छ । आफै कुनै निर्णय समेत नगरी केपि संग कुरागरेर निर्णय लिने नेता मधेश र मधेशिहरुकाेलागि कहिल्य हितमा रहन सकिँदैन भन्ने ।
जसपाले साेमबार महाेतरीकाे सदरमुकाम जलेश्वरमा गरेको जिल्ला स्तरिय संगठन सुदृढीकरण तथा जनजागरण ( सुज)अभियान उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको टिप्पणी गरे । र त्यसमा ठाकुर एण्ड दि कम्पनिका सेयर सदस्यहरुले पार्टीकाे बिपरित सहयाेग गर्न गएका छन । जनता समाजवादी पार्टी न फुटेकाे छ न टुटेको केही घुमन्तेहरु घुमन गएकाे भन्नेका छन ।
‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ । सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने । राज्य पुनर्संरचना सच्याउन आवश्यक रहेको भन्दै उनले तराई र पहाडका जिल्लालाई मिसाएर प्रदेश बनाइएकाले नै समस्या भएको बताए ।
सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अगाडि भने, ‘पहाडका साथीहरुले बोल्दा मधेसका साथीहरुलाई भाषण बुझ्न गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो । सबै जात जातिकाे समान हक अधिकार र सबै ठाउँमा सहज पहुच हुनुपर्छ ।
अध्यक्ष यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राखे । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।










































































































