जनकपुरधाम – जनता समाजवादी पार्टीका थप तीन जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबा जसपाका उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्मा तिवारी निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाम पुगेर सनाखत गरेका हुन ।
यससँगै लोसपाको पक्षमा सनाखत गर्नेहरूको संख्या १५ पुगेको छ । जितेन्द्र सोनल सनाखत गर्न बांकी रहेकोमा संख्या पुग्ने छ । तर यो संख्या अझै बढ्न सक्ने दाबी लोसपाको छ । लोसपाका नेता एवं प्रदेश सांसद सोनलले भने, ‘हाम्रो पक्षमा अहिलेसम्म १६ जना आएको छ । तर भदौ २२ गतेसम्म यो संख्या अझै बढ्ने छ । केही साथीहरू सम्पर्कमा हुनुहुन्छ, छलफल भइरहेकाले संख्या बढ्नेछ ।










































































































