प्रदेश- २ मा दुई जना मन्त्रीको कार्यभार हेरफेर गरिएको छ ।
कार्यभार हेरफेर भएका मन्त्रीहरूमा अर्थमन्त्री विजय कुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् ।
कार्यभार परिवर्तनपछि यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कार्यभार परिवर्तन गर्नुको कारण भने केही खुलाइएको छैन ।










































































































