• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश-२ का पूर्व मन्त्रीज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिह कुशवाहाले नियमविपरीत बुझे बैठक भत्ता


प्रदेश-२ का पूर्व मन्त्रीज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिह कुशवाहाले नियमविपरीत बुझे बैठक भत्ता

सुभाष कर्ण |
जनकपुरधाम- कोभिड-१९ महामारीका बेला पनि प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्रीले नियमविपरीत लाखौँ भत्ता लिएको र लाखौँ रुपैयाँ अनियमित रूपमा खर्च गरेका देखिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको खर्च आय-व्यय विवरण अनुसार, गत आर्थिक बर्ष २०७७÷०७८ को कोभिडकालमा पूर्वमन्त्रीद्वय ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिह कुशवाहाले बैठक र भ्रमण भत्ता लिएका छन् । मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले बैठक भत्तामा १२ लाख ६४ हजार, भ्रमण वापत २२ लाख १३ हजार र अन्य सुविधावापत ५३ लाख ८८ हजार रूपैया बुझेका छन् ।
२०७६/७७ मा मन्त्रालयका पदाधिकारीले ४६ लाख ४० हजार रुपैयाँ कानुन मस्यौदा निर्माण बैठकको नाममा बुझेका थिए । महालेखा परीक्षकको कार्यालयले आफूले सम्पादन गर्न बैठकमा भत्ता लिन नपाउने कार्यविभाजन नियमवाली २०७४ मा व्यवस्था रहेको हुँदा बैठकको नाममा भत्ता नलिन भनी सचेत गराएको थियो । तर त्यसलाई बेवास्ता गर्दै मन्त्रालयका पदाधिकारीहरूले बैठक भत्ता बुझेका हुन् ।
त्यस्तै, मन्त्रीद्वयले तलब वापत १६ लाख ५८ हजार, पानी तथा बिजुलीमा १ लाख ८८ हजार, सञ्चार महसुल २ लाख ८३ हजार, इन्धनमा १२ लाख ४० हजार, कार्यालय प्रयोजनका लागि इन्धन वापत ११ लाख ४४ हजार, सवारी साधन मर्मतमा २४ लाख ९६ हजार र मसलन्द तथा कार्यालय सामग्रीमा २८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् ।
निजामती कर्मचारीको पोशाकमा समेत २ लाख ८० हजार रुपैयाँ खर्चिएको छ । समितिको बैठक भत्ता शीर्षकमा एक लाख ४३ हजार, मूल्याङ्कन समितिको बैठक भत्तामा एक लाख ७१ हजार, निजामती कर्मचारीले पाउने भत्तामा ८ लाख २८ हजार रूपैया खर्च गरिएको छ ।
मन्त्रालयले कार्यक्षेत्र बाहिर पनि खेलकुदका नाममा रकम खर्च गरेको छ । कार्यविभाजन नियमावली अनुसार, मन्त्रालयले खेलकुदमा रकम खर्च पाउँदैन । तर मन्त्री यादवले मन्त्रिपरिषद्बाट निर्णय गराइ ‘शान्तिका लागि खेलकुद’, गोष्ठी शीर्षकमा संघ-संस्थाहरूलाई ४२ लाख २५ हजार रुपैया बाँडेको भेटिएको छ ।
यादवले खेलकुदका लागि २९ लाख १७ हजार, १३ लाख ७ हजार रुपैयाँ गोष्ठीमा खर्च गरेका हुन् । महालेखा परीक्षकको कार्यालय कार्यक्षेत्र भन्दा बाहिर खेलकुदको नाममा अनावश्यक खर्च नगर्न भनिरह्यो । तर आ.ब. २०७६/७७ मा समेत २३ लाख ८४ हजार रुपैयाँ शान्तिका लागि खेलकुद्को नाममा मन्त्रिपरिषद्को निर्णयबाट खर्च गरिएको थियो ।
त्यसभन्दाअघि २०७५/७६ मा समेत आन्तरिक मामिला मन्त्रालयले शान्तिका लागि खेलकुदको नाममा ६ लाख ६० हजार रुपैयाँ खर्चेको थियो । महालेखाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदनमा कार्यक्षेत्रभन्दा बाहिर खर्च नगर्न सचेत गराउँदै आए पनि मन्त्री यादवले त्यसलाई बेवास्ता गरिरहे ।
मन्त्रालयले ३० करोड रुपैयाँ बजेट रहेकामा कुल ११ करोड ९४ लाख रुपैयाँ मात्र खर्च गर्न पाएको छ । बाँकी १८ करोड ६ लाख १७ हजार बाँकी बजेट फ्रिज भएको छ । सभार इ कागज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१२ भाद्र २०७८, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१२ भाद्र २०७८, शनिबार
Next Post
जानकी मन्दिरबाट युवाहरुले च्याते मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्ड

जानकी मन्दिरबाट युवाहरुले च्याते मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्ड

लोकतान्त्रिक विद्यार्थी संघले सम्पन्न गरे प्रशिक्षण कार्यक्रम

लोकतान्त्रिक विद्यार्थी संघले सम्पन्न गरे प्रशिक्षण कार्यक्रम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh