• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव


केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव

११ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ ।
जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, उनीहरु शेरबहादुरजी समक्ष गए । अनुनय विनय गर्न थाले । शेरबहादुरले सोध्नुभयो के गरौं ? मैले उद्धार गरिदिनुस् भनेपछि २० प्रतिशतको आधारमा दल फुटाउने अध्यादेश ल्याइएपछि उनीहरुको उद्धार भयो ।
उद्धार भएपछि २/४ जनाको समूह बनाएर महन्थ ठाकुर पक्ष अलग भएको यादवले बताए । ‘अलग भए पनि छाता छुटिहाल्यो, कार्यकर्ता अनि छाता जुत्ता सब यतै छुटिहाल्यो,’ यादवले भने ।
जसपाको आधिकारिकता निर्वाचन आयोगले यादवलाई दिएपछि दलविहीन बनेका ठाकुरले हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका छन् । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसदको आधारमा दल फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुरले नयाँ दल दर्ता गराएका हुन् ।
यादवले अहिले पनि जसपा एकै रहेको र विभाजन नभएको दाबी गरे । पूर्व राजपाका ६ घटकमध्ये २/३ जना गएर एउटा समूह बनाएको भन्दै उनले ८० प्रतिशतभन्दा बढी पूर्व राजपाका नेता कार्यकर्ता आफूहरुसँगै रहेको बताए । पार्टीका केही व्यक्ति बाटोमा हिंडदै गर्दा चिप्लिएको टिप्पणी गर्दै उनले अगाडि भने, ‘संगठन शुद्धीकरण पनि भयो, सुदृढ पनि भयो ।
जसपा अध्यक्ष यादवले मधेशको मुद्दा नहराएको बताए । उनले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताए । ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलिहाल्यो मधेशको मुद्दा छोडिदियो भन्ने भ्रम फैलाइएको छ’ उनले भने, ‘मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो । मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ ।
उनले चार महिना अरु काम छाडेर संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
प्रदेश सरकारका मन्त्रीका कामबारे धेरै गुनासो सुन्नुपर्छ
प्रदेश २ का मन्त्रीको कामकारबाहीबारे धेरै गुनासो सुन्नुपरिरहेको उनले बताए । ‘जहाँ जान्छु प्रदेश सरकारका मन्त्रीहरुको गुनासो सुन्नुपरिरहेको छ,’ अध्यक्ष यादवले भने, ‘गुनासो सुन्दासुन्दै कान बन्द गर्नुपर्छ ।
जनताको धेरै गुनासो रहेको भन्दै उनले जनताको गुनासोलाई ध्यान दिएर सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिए । हिजो केन्द्रको सहयोग नभए पनि अब केन्द्रले सहयोग गर्ने, हिजो कर्मचारीले काम नगरे पनि अब काम गर्ने उनले बताए ।अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

११ भाद्र २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

११ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

११ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

११ भाद्र २०७८, शुक्रबार
Next Post
अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

७ जना नेपाली युवतिको उद्धार दुई जना पक्राउ

७ जना नेपाली युवतिको उद्धार दुई जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh