• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लागूऔषध राखेर फसाइएका पत्रकारको बयान : मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्‍यो


एसपीकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइयो, सीसीटीभी फुटेज मेटाउने प्रहरीको प्रयास

मोहम्मद मोजिबुल्लाह, पत्रकार
मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ ।
‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो प्रचार भएको छैन विज्ञापन गरिदिनुपर्‍यो आउनु न’ फोनमा मलाई भनियो ।
मैले आधा घन्टापछि आउँछु भनें । गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क गर्‍यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने ।
अफिसमा अरू काम भएकाले मैले इन्कार गर्न खोजें । तर उनैले जबरजस्ती गरेर बसाए । आफैं पकाएर ल्याउँछु भनेर भान्सामा छिरेपछि बस्यौं । खाजा खाँदा झण्डै एक घन्टा बित्यो ।
भाइलाई साँचो दिएँ, म पछाडि बसें । १० मिटर जति अगाडि बढेपछि ६ जनाले मोटरसाइकल रोके । शुरूमा नचिने पनि केहीबेरमा सादा पोशाकका प्रहरी रहेछन् भन्ने थाहा भयो ।
काममा गएर फर्किएको एउटा पत्रकारलाई एकैछिनमा प्रहरीले ठूलो अपराधी जसरी व्यवहार गर्‍यो । मोटरसाइकल रोकेर छामछाम–छुमछुम गर्न थाल्यो । कुनै हत्या आरोपीलाई जस्तो व्यवहार गर्न थालेपछि अचम्मित भएँ । प्रहरीले मोटरसाइकलको सिट खोल्न खोज्यो– मैले यहाँ होइन, मिस्त्री कहाँ जाउँ भनें ।
मोटरसाइकलको सिट फुटाउन खोजेकाले मैले नजिकै रहेको साइकल बनाउने ठाउँमा जान भनेको थिएँ । त्यहाँ गएर सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थिए । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे ।
एकैछिनमा लेगार्डमुनि बाँधेको जस्तो अवस्थामा ७ वटा ट्याब्लेट निकाले । म छक्क परें । समाचार लेखेको र पत्रकार सम्मेलनमा देखेको कुरा मेरो मोटरसाइकलमा कसरी आयो ? मैले केही सोच्नै सकिरहेको थिइनँ ।
मलाई त्यहाँबाट प्रहरीले मोटरसाइकलमै राखेर जिल्ला प्रहरी कार्यालय, रौतहटमा ल्यायो । केहीबेर कन्ट्रोल रूममा राख्यो, त्यसपछि जिल्लाका डीएसपी नारायणप्रसाद चिमरिया आए । उनले अपशब्द बोल्दै ‘लागूऔषधको काम गर्छस्’ भन्दै गाली गर्न थाले । ‘दुई/तीन वर्षदेखि काम गरिरहेको थिस्, कसैले समातेन । हेर अब म तँलाई १० वर्षसम्म जेल हाल्छु’ भन्दै सुन्नै नसकिने शब्दहरू प्रयोग गरे ।
मलाई हरेक घटना अनौठो लागिरहेको थियो । मैले डीएसपी चिमरियालाई ‘सर, म त्यस्तो काम गर्दिनँ । म पत्रकार मान्छे, समाजमा जनचेतना फैलाउने काम गर्छु’ भनें । तर उनले उल्टै गाली गरे ।
मैले धेरै आग्रह, अनुनय–विनय गर्दा पनि चिमरिया रोकिएनन् । गाली गरिरहे । म प्रहरी कार्यालयमा पुग्नुअघि नै कागजहरू तयार गरिएको रहेछ । मलाई १० मिनेटमै मेडिकल जाँचका लागि लगिएको थियो । त्यसपछि क्वारेन्टिनमा राखियो ।
सामान्यतया प्रहरीले २४ घन्टा पुग्न लागेपछि अदालतमा लैजान्छ, म्याद थपका लागि । तर मेरो हकमा प्रहरीले यति हतार गर्‍यो कि १० बजे खुल्ने अदालतमा ९ बजे नै पुर्‍यायो । साढे ८ मै सरकारी वकिलको कार्यालयमा लगिसकेको थियो ।
अदालतमा लगेर आधा घन्टा गाडीमा राखेको थियो । मलाई ठूलो अपराधी सरह गरेर राख्यो । अदालतले ८ दिनको म्याद थप्यो र प्रहरीले क्वारेन्टिनमा ल्यायो । भोलिपल्ट अस्पतालमा लगेर पीसीआर जाँच गर्दा नेगेटिभ आएपछि प्रहरी हिरासतमा राख्यो ।
भदौ २ गतेबाट म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएँ । हिरासतमा विभिन्न मुद्दाका आरोपीहरू थिए, मलाई त्यहाँ बस्दा एकदमै अमिलो महसुस भयो । हिरासतमा बस्दा मलाई राति १०/११ बजेतिर निकालेर मुद्दा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, म एउटा कुरा गरिरहेको हुन्थें, अर्कै कागज बनिरहेको थियो ।
मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गरेको हो भनेर टाइप गरिरहेको थियो । मैले यो कागजमा लेखेको कुरा केही मान्दिनँ भनिरहेको थिएँ तर प्रहरी रोकिएन । फेरि सरकारी वकिलको कार्यालयमा बयान दिन जाँदा मैले प्रहरीले जबरजस्ती कागज गराएको बताएँ । त्यसपछि सरकारी वकिलले नै फेरि बयान गराउन भनेको थियो ।
हिरासतमा बसुञ्जेल हरेक दिन आफैंलाई कस्तो पेशा रोजेछु जस्तो लाग्थ्यो । गल्ती नगरी जेल बस्नु पर्दा असाध्यै पीडा हुँदोरहेछ । म कसरी फसें भन्ने हरेक दिन सोचिरहन्थें ।
एउटा ६ वर्षको सहित तीन जना छोरा छन् । श्रीमती, आमाबुवाले के सोच्नुभयो होला भन्ने चिन्ताले पिरोल्यो । परिवारलाई पनि भेट्न दिएन । अरू मुद्दामा त भेटघाट गर्न पनि दिन्छ । तर मलाई चाहिं किन अत्यन्तै गम्भीर अपराध गरे जस्तो व्यवहार गर्‍यो ।
आमालाई पनि भगाइदियो । बुवालाई पनि भेट्न दिएन । बल्लबल्ल १० पटकको प्रयासमा काठमाडौंबाट आउनुभएको दाइलाई चाहिं एकपटक भेट्न पाएँ । होटलको तल सीसी क्यामरा छ भन्ने थाहा थियो । मैले उहाँलाई क्यामरा चेक गरिदिन भनें ।
तर त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने रहेछ । प्रहरी कार्यालयमा दाइ जाँदा निवेदन फ्याँकिदिए । कतिपटक त कार्यालयमा जानै दिएनन् । तर पनि लामो समयसम्म दाइले भनिरहे पनि कागज दर्ता नगरे पनि त्यतिकै राखिदियो । तर फुटेज पाउन सकिनँ ।
पछि पत्रकार मदन ठाकुर दाइले चिनजानको आधारमा सीसीटीभी फुटेज हात पार्नुभयो । त्यसमा कसैले मेरो मोटरसाइकलमा लागूऔषध राखिदिएको देखियो । यो थाहा पाएपछि मैले ठूलो सास फेरें ।
दाइले निवेदन दिने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी र घुमुवा प्रहरी सबैलाई तनाव भइसकेको रहेछ । त्यहीबीचमा भिडियो पनि डिलिट गराउने प्रयास पनि भएछ । औषधि पसलवालालाई पैसाको अफर पनि गरिएछ तर, उनले म फस्ने काम गर्दिनँ भन्दै डिलिट गर्न मानेनछन् ।
पछि डीएसपी नारायण चिमरियालाई पेन ड्राइभमा फुटेज दियौं । उहाँले हेर्ने आश्वासन दिए पनि केही भएन । गालीगलौज गर्ने क्रम पनि रोकिएन । त्यसपछि साथीहरूले फुटेज बाहिर ल्याउनुभयो ।
मैले प्रहरीले गरेको पत्रकार सम्मेलनमा पनि प्रहरीको व्यवहारबारे बोलेको थिएँ । डीएसपीले निन्याउरो मुख लगाएर बसिराख्नुभयो, मलाई एक शब्दसम्म केही भन्नुभएन । छाड्ने बेलासम्म पनि कसैले ‘सरी’सम्म पनि भनेन । निर्दोष मान्छेलाई अनाहकमा दुःख दियो ।
म प्रहरीको चाप्लुसी गर्न जान्दिनँ । सीमावर्ती क्षेत्र भएकाले यहाँ तस्करी हुन्छ, त्यसको बारेमा समाचार लेख्छु । भ्रष्टाचार भइरहेको हुन्छ, त्यसबारे लेख्छु । यिनै विषयलाई लिएर मलाई रिसइबी साधिएको हुनसक्छ ।
हिजो एसपीले म पक्राउ गरेपछि खुशी व्यक्त गरेको अडियो पनि सार्वजनिक भएको छ । यसले घटनामा घुमुवा प्रहरी मात्र छन् भन्ने देखाउँदैन । को कहाँबाट सञ्चालित छन् भन्ने विषयमा अनुसन्धान हुनुपर्छ । मलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न कसैलाई पनि छुट नहोस् । म त विनासित्तिमा ९ दिन जेल बसें, मैले जस्तो अरू कसैले भोग्नु नपरोस् । अब हुने छानबिनमा पनि निर्दोष कुनै पनि व्यक्ति नफसोस्, दोषीलाई नछोडोस् । प्रहरीले बार्गेनिङ नगरोस्, यति भए मैले न्याय पाएको महसूस गर्नेछु ।
(लागूऔषध सम्बन्धी कसूरमा नौ दिन प्रहरी हिरासतमा बसेर निर्दोष साबित भएका पत्रकार मोहम्मदसँग गरेको कुराकानीमा आधारित ।)
अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

८ भाद्र २०७८, मंगलवार
Next Post
पाँचहजार घुस रकमसहित एक प्रहरी हबलदार पक्राउ

पाँचहजार घुस रकमसहित एक प्रहरी हबलदार पक्राउ

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंग्याउने निर्वाचन आयोगको तयारी

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंग्याउने निर्वाचन आयोगको तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh