• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने


लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

८ भदौ, काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने भएको हो
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रश्न उठेका विषयमा छानबिन हुने बताए । प्रहरी प्रधान कार्यालयका अर्का एक उच्च अधिकृतका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को छानबिन समिति बनाउने तयारी छ ।
सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय शहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जनाएको थियो ।
प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेका छन् । त्यसअघि उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका छन् । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।
तर अनुसन्धान अधिकृतहरुका अनुसार यसमा दुवै पाटो हुनसक्छन् । ‘पहिलो एसपीलाई पूर्वयोजनाबारे थाहा नहुन सक्छ, लागूऔषधसहित समातिएपछि स्वभाविकरुपमा सुनाएको मात्र पनि हुनसक्छ’ ती अधिकृतले सुनाए, ‘अर्को चाहिँ एसपीकै पनि मिलेमतो हुनसक्छ ।
यस विषयमा एसपी शाहलाई सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । नेपाल पत्रकार महासंघ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले एसपी शाह आफैं घटनामा फस्ने भएपछि सबै दोष शहनीमाथि थुपरेको हुनसक्ने आशंका गरे । उनले भने, ‘एसपी शाहले कसको इशारामा काम गरे भन्ने पत्ता लगाउन जरुरी छ ।
पत्रकार सम्मेलनमा पनि महासंघका केन्द्रीय सदस्य शिव पूरीले प्रहरीले सहनीलाई दोषी देखाएर आफू पन्छिन खोजेको बताएका थिए । ‘एउटा पत्रकारलाई छोडेर फेरि अर्को पत्रकार फसाउन’ खोजेको भन्दै उनले आपत्ति जनाएका थिए ।अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

८ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

८ भाद्र २०७८, मंगलवार
Next Post
माधव नेपालको पार्टी दर्ता प्रक्रिया : सनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय

माधव नेपालको पार्टी दर्ता प्रक्रिया : सनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय

सुरक्षा व्यवस्था बलियो बनाउन मुख्यमन्त्री राउतको निर्देशन

सुरक्षा व्यवस्था बलियो बनाउन मुख्यमन्त्री राउतको निर्देशन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh