• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा विभाजनपछि प्रदेश २ मा ठाकुर समूह कमजोर


जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित

सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश जारी गरेपछि त्यसको तरंग जनता समाजवादी पार्टी (जसपा) पनि देखिएको छ । हुन त उक्त अध्यादेश देउवा सरकारले माधव नेपाल समूहलाई एमालेबाट अलग हुन सहज होस् भनेर ल्याएको हो।
तर उक्त अध्यादेशले निर्वाचन आयोग उपेन्द्र यादव समूहलाई दलको आधिकारिकता दिएपछि संकटमा परेको जसपाको ठाकुर समूहलाई पनि राहत मिलेको छ।
अध्यादेश आएपछि ठाकुर समूहले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।
ठाकुर समूहले लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
सबैभन्दा धेरै जसपाको प्रभाव रहेको प्रदेश २ मा ठाकुर समूह कमजोर देखिएको छ। जसपा गठनपूर्व तत्कालीन राजपा नेपालसँग २५ जना प्रदेशसभा सदस्य थिए। यस्मध्ये अहिले ९ जना उपेन्द्र यादव पक्षमा खुलिसकेका छन् ।
प्रदेशमा तत्कालीन राजपाको भन्दा अवस्था कमजोर भएको महन्थ ठाकुर पक्षका प्रदेशसभा सदस्य परमेश्वर साह बताउँछन् ।
पार्टी एकीकरण गर्नुपूर्व राजपा नेपालले प्रदेश २ मा जिल्ला तथा प्रदेश स्तरमा समेत अध्यक्ष मण्डल गठन गरेर पार्टी सञ्चालन गरिरहेको थियो। जिल्ला तथा प्रदेश स्तरीय कमिटी गठनको आन्तरिक तयारीमै रहेको बेला समाजवादी पार्टीसँग एकता भएर जसपा बन्यो।
‘हामीसँग राजपाको जिल्ला कमिटी र प्रदेश कमिटी नै थिएन’ ठाकुर पक्षका सांसद साहले भने, ‘आन्तरिक तयारीमै रहेका बेला जसपा विभाजनको अवस्थामा पुगेको र को कता लाग्ने भन्ने विषय अन्योलमा छ।
अध्यादेश अनुसार दल छुट्याउनका लागि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिका लागि दल छनोट गर्न २१ दिनको समय तोकेको छ। को कता लाग्छ भन्ने यकिन गर्ने कम्तिमा त्यति समय कुर्नुपर्ने साहको भनाइ छ।
उनले आफ्नो पक्षमा रहेका २५ जना प्रदेशसभा सदस्य मध्ये ९ जना उपेन्द्र पक्षमा लागेको स्वीकार गरे । नयाँ पार्टी निर्माणमा केही समय लागे पनि पार्टी बलियो बन्ने साहको विश्वास छ ।
प्रदेश २ मा सरकार बनाउँदा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन गरी सरकार बनेको थियो । दुवै दल मिलेर जसपा नेपाल बनेसँगै एक दलको सरकार बन्न पुग्यो । जसपासँग प्रदेशसभामा ५५ जना सांसद थिए ।
केन्द्रको नेतृत्वमा तहमा हेर्दा करिब–करिब तत्कालीन राजपा र समाजवादी पार्टीकै रुपमा विभाजन देखा परेको छ । तर त्यही रुपमा तलसम्म विभाजन भएको छैन।
तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनिष सुमन आफू अहिले मुल पार्टीमै रहेको बताउँछन् । ‘मैले न कित्ताकाट गरेको छु, न त मुल पार्टी नै छोडेको छु । विगतमा पनि जसपामै थिएँ र अहिले पनि छु ।
महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि पार्टी फोड्न उद्धत देखिएको आरोप सुमनले लगाए । ओली सरकारमा गएर पार्टीको नाम समेत बदनाम गरेको उनले भन्दै उनले ठाकुर, महतोको आलोचना गरे । ओली जस्ता प्रतिगामीको काँध थाप्न मरिहत्ते गरेकोले प्रदेश २ मा महन्थ पक्षको जनाधार निकै कमजोर रहेको सुमनको भनाइ छ ।
उपेन्द्र यादव पक्षसँग ३० जना प्रदेशसभा सदस्य रहेकोमा अहिले ३९ जना पुगेका छन् । महन्थ पक्षमा अहिले १६ जना छन् ।
ठाकुर पक्षमा लागेकाहरु प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनिष समुन (सप्तरी), पूर्व राज्यमन्त्री सुरेश कुमार मण्डल (सिरहा), रानी शर्मा तिवारी (महोत्तरी), डा. रिना यादव (महोत्तरी), डा. अञ्जुकुमारी यादव (पर्सा), विदेश्वर प्रसाद यादव (सप्तरी) र नेत्रविक्रम साह (सप्तरी) अहिले उपेन्द्र यादव पक्षमा लागेका छन् ।
तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा चुनाव जितेका लालकिशोर साह र राजविराज नगरपालिकाका मेयर शम्भु यादव समेत उपेन्द्र पक्षमा लागेका छन् ।
प्रदेश सरकारबाट समर्थन फिर्ताको सम्भावना
पार्टी विभाजन पश्चात महन्थ ठाकुर पक्षले प्रदेश २ सरकारबाट समर्थन फिर्ता लिने तयारी समेत गरिरहेकोे छ । प्रदेशसभा सदस्य परमेश्वर साहले दल दर्ताको प्रक्रियामा रहेकोले प्रमाण पत्र पाएलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने जानकारी दिए ।
प्रदेश सरकारबाट महन्थ पक्षले समर्थन फर्ता लिएपनि सरकारमाथि संकट आउने भने देखिँदैन । प्रदेश सरकारमा जसपाका साथै नेपाली कांग्रेस र माओवादी केन्द्र समेत सामेल छन।
प्रदेश २ मा अहिले जसपा नेपाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । प्रदेशसभामा जसपाका ५५ नेकपा एमालेका २१ जना सांसद छन् । जसमध्ये माधव नेपाल पक्षमा १३ र केपी ओलीको पक्षमा ८ जना रहेका छन् । त्यस्तै, नेपाली काँग्रेसका १९ जना, नेकपा माओवादी केन्द्रका ८ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।
उपेन्द्र यादव पक्षका सांसदहरु :
१) डा. अन्जु कुमारी
२) अब्दुल रहिम अंसारी
३) अभिशेष यादव
४) अशोक कुमार यादव
५) उपमा कुमारी देव (उपसभामुख)
६) उषा कुमारी यादव
७) करिमा बेगम
८) किरण कुमारी राय
९) कौशल कुमार यादव
१०) चमेली देवी दास
११) जनत अंसारी
१२) नवल किशोर साह सुडी
१३) नेत्र विक्रम शाह
१४) पारस प्रसाद साह
१५) प्रहलाद गिरी गोस्वामी
१६) बच्चा राउत अहिर
१७) बिदेश्वर प्रसाद यादव
१८) भिमा यादव
१९) मनिष कुमार सुमन
२०) योगेन्द्र राय यादव
२१) रागिनी देवी वरनवाल
२२) रानी कुमारी तिवारी
२३) रामअशिष यादव
२४) राम किशोर प्रसाद यादव
२५) राम नरेश राय
२६) डा.रीना यादव
२७) लालबाबु राउत
२८) विजय कुमार यादव
२९) शेख अवुल कलाम आजाद
३०) शैलेन्द्र कुमार यादव
३१) शैलेन्द्र प्रसाद शाह
३२) सन्चमाया मोक्तान
३३) संजय कुमार यादव
३४) सरोज कुमार सिंह
३५) सारदा शंकर प्रसाद कलवार
३६) सुनिता देवी मोची
३७) सुरेश कुमार मण्डल
३८) सिंगासन सा कलवार
३९) ज्ञानेन्द्र कुमार यादव

महन्थ ठाकुर पक्षका सांसदहरु :
१) परमेश्वर साह सुडी
२) जयनुल राइन
३) सुरिता कुमारी साह
४) अभिराम शर्मा
५) उपेन्द्र महतो
६) गौरी नारायण साह तेली
७) बाबुलाल साह कानु
८) सरोज कुमार यादव (सभामुख)
९) जितेन्द्र प्रसाद सुनार
१०) रमेश प्रसाद कुर्मी
११) अल्का कुमारी झा
१२) डा. डिम्पल कुमारी झा
१३) जानकी शरण साह
१४) निरा कुमारी साह
१५) निलम देवी भूमिहारीन
१६) बबिता कुमारी
सभार फरकधार

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

७ भाद्र २०७८, सोमबार
Next Post
पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh