• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजनीतिक दलसम्बन्धी अध्यादेशलेओलीकाे उग्रता,उपेन्द्रको सहिष्णुता


ठाकुर संसदीय दलकाे नेता हाेइन अध्यक्ष यादव

सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजनलाई प्रश्रय दिएको टिप्पणी भैरहेका बेला जसपाको महन्थ-राजेन्द्र खेमालाई भने अध्यादेश सन्जीवनी बुटीजस्तै बनेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि करिब दलविहीन अवस्थामा पुगेको महन्थ-राजेन्द्र खेमालाई पार्टी दर्ताको बाटो खोलेको अध्यादेशले नै हो ।
महन्थ-राजेन्द्र खेमालाई दलविहीनताको अवस्थाबाट जोगाउन अध्यादेश मात्र होइन, उपेन्द्र यादवको भूमिका पनि कम महत्वपूर्ण छैन । उपेन्द्रलाई पार्टीको आधिकारिकता पाएलगत्तै अर्को खेमाका नेता र सांसदहरुलाई कारवाही गर्ने अधिकार थियो,तर उहाँले त्यसो गर्नुभएन । उपेन्द्रले कारवाही नगरेकै कारण महन्थहरुले नयाँ दल दर्ता गर्ने अवस्था बनेको हो ।
जानकारहरु यसलाई यादवको राजनीतिक सहिष्णुता र लोकतान्त्रिक कल्चरका रुपमा विश्लेषण गर्छन् । ‘एमालेमा केपी ओलीले माधव खेमाका सांसदलाईजस्तै कारवाही गरेको भए आज महन्थहरुले दल दर्ताका लागि कानुनी हैसियत गुमाइसकेका हुन्थे । यस्तो अवस्थामा उपेन्द्रलाई नै राजनीतिक लाभ हुन्थ्यो,तर उहाँले राजनीतिक लाभ-हानी मात्र हेर्नुभएन महन्थहरुलाई राजनीतिक अधिकार प्रयोग गर्ने बाटो पनि खुल्लै राखिदिनुभयो ।
यादवले चाहेको भए नयाँ कार्यकारिणी समिति गठन भएपछि महन्थ खेमाका १२ सांसदलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने अधिकार भएपनि त्यसो गरिएन,फलस्वरूप महन्थहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरे । यसबीच उपेन्द्र भने मौन रहनुभएको छ। उहाँको कतै सार्वजनिक टिप्पणी सुनिएको छैन ।
यता,केपी ओलीले भने माधव नेपालपक्ष अर्कै पार्टी दर्ताको प्रक्रियामा गैसक्दा पनि सो समूहका १४ सांसदमाथिको कारवाहीका लागि सभामुखलाई दबाब बढाइरहनु भएको छ । सांसदहरुलाई कारवाहीको सूचना नटाँसेको भन्दै उहाँले सार्वजनिक रुपमै सभामुखमाथि अभद्र टिप्पणी गरिरहनु भएको छ । एमालेका सांसदहरुले सभामुखको च्याम्बर घेर्नेदेखि जुलुस,घेराउसम्म गरिरहेका छन् । केही नेताले त सार्वजनिक रुपमै धम्कीपूर्ण चेतावनी दिइरहेका छन् ।
ओलीले माधव नेपालहरुलाई दलविहीन बनाउने चेतावनी अहिले पनि दिइरहनु भएको छ । १० प्रतिशत पनि पुग्न नदिएर दल दर्ता हुनै नदिने सामर्थ्य आफूसंग भएको चेतावनी दिएपनि उहाँले रोक्न भने सक्नुभएको छैन । ओलीनिकट एक नेता भन्छन्, ‘हाम्रो अध्यक्षले त उपेन्द्रबाट पो सिक्नुपर्ने देखियो । राजनीतिक सहिष्णुता यादवमा देखियो,हाम्रो अध्यक्षमा देखिएन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

७ भाद्र २०७८, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

७ भाद्र २०७८, सोमबार
Next Post
जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित

जसपा विभाजनपछि प्रदेश २ मा ठाकुर समूह कमजोर

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh