• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बहुमत पुर्‍याउन अस्थिरता निम्त्याउने देउवाको खेल


ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश लाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले ऐनको दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएको हो।
अध्यादेश ल्याएर सरकारले राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाइदिएको छ। अध्यादेशअनुसार दल विभाजनका लागि अब केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने छ।
सदन छलेर अध्यादेश ल्याउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलोकतान्त्रिक र अधिनायकवादी बताउँदै आएका कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आफैं भने त्यही बाटोमा हिँडेका छन्।
संसद छलेर अध्यादेश ल्याउन देउवा सरकारले नियमित रूपमा चलिरहेको प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन सोमबार मध्यरातबाट अन्त्य गर्न लगाएको थियो।
आफ्नो फाइदाका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने देउवाको पछिल्लो कदमले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनेतर्फ संकेत गरेको छ।
‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संघीय संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भइ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन,’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा उल्लेख छ।
तर सरकारले ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने व्यवस्थालाई २० प्रतिशतमा झारेर दल विभाजनलाई खुकुलो बनाइदिएको छ।
देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमालेका माधवकुमार नेपाल र जसपाका महन्थ ठाकुर पक्षलाई सहज भएको छ।
राजनीतिक दलको तत्कालीन व्यवस्थाअनुसार एमाले नेता नेपाल र जसपाका महन्थ पक्षलाई नयाँ दल दर्ता गराउन सहज थिएन। दुवैलाई संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याउन सकस थियो।
नेता नेपाल र महन्थ पक्षलाई मध्यनजर गर्दै सरकारले अध्यादेश ल्याएको स्पष्ट छ।
मन्त्रिपरिषद बैठक बस्नु केही बेरअघिमात्रै ठाकुरसहित जसपाका शीर्ष नेताले देउवालाई भेटेका थिए। भेटमा उनीहरूले दल विभाजनसम्बन्धी ऐनलाई खुकुलो बनाउने गरी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए।

बहुमत पुर्‍याउन अध्यादेश
साउन २९ गते पाँचौंपटक प्रधानमन्त्री बनेर सत्तारोहण गरेका देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। सरकार बनेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि देउवाले आलोचना खेप्दै आइरहेका थिए।
तर, मन्त्रिपरिषदलाई पूर्णता नदिने कारण थियो, संसदमा बहुमत नपुग्नु।
एमाले नेता नेपालको सहयोगमा प्रधानमन्त्रीको कुर्चीमा पुगेका देउवालाई संसदबाट विधेयक पारित गराउन सकस भएपछि दल विभाजनको खेलमा लागेका छन्।
‘सरकारमात्र के गर्ने? संसदमा बहुमत पुग्दैन,’ देउवानिकट एक नेता भन्छन्,‘बहुमत पुर्‍याउन पनि अध्यादेश ल्याउनु परेको हो।’
राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै एमालेका नेपाल पक्षका साथै जसपाका महन्थ पक्षलाई नयाँ दल खोल्न सहज हुनेछ। र, दुवैको साथ पाएपछि संसदमा बहुमत पुर्‍याउने दाउ देउवाको छ।
कांग्रेस आफैंले गरेको थियो अध्यादेशको विरोध
२०७७ वैशाख ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ संशोधन गर्न अध्यादेश ल्याएको थियो।
ओली सरकारले ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दल भन्ने प्रावधानलाई संशोधन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याए नयाँ दल दर्ता गर्न पाउने गरी अध्यादेश ल्याएका थिए।
ओलीले ल्याएको त्यो अध्यादेशको तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध जनाएको थियो।
अध्यादेश जारी भएको दोस्रो दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरेर अध्यादेशको विरोध गरेका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गरेका उही खाँण अहिले देउवा सरकारमा गृहमन्त्री छन्।
कांग्रेसमात्र होइन त्यतिबेला राजपा र समाजवादी पार्टीलगायतका दलहरूले पनि ओली सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए।
तर, संसद छलेर अध्यादेशबाट देश चलाउन खोजेको ओलीमाथि आरोप लगाउने दलहरू अहिले आफैं ‘ओली पथ’ मा हिँड्न खोजेका छन्।
सभार आयाेमेल

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१ भाद्र २०७८, मंगलवार
Next Post
जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहिको माग

जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहिको माग

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh