• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय महाेतरी परिसरमा नवनिर्मित भवन समुद्घाटन


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय महाेतरी परिसरमा नवनिर्मित भवन समुद्घाटन

गोपाल झा
महोत्तरी , २९ साउन
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको शुक्रबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने हरुलाई सम्मानपत्र , प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूणर्मा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिनुभयो ।
गत वर्ष भन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कन गर्ने गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गर्नुभयो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जीतकार धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मछीहानी नगरपालिकाका प्रमुख हरीप्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईले जलेश्वर मटीहानी तथा महोत्तरीको बारेमा जानकारी गराउँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख दिनेश कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी निरीक्षक ई. चिरन्जीबी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड २८ लाख १० हजार २ सय ४० रुपैयाँको लागतमा १४ कठ्ठा १० धुर जग्गामा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।
भवन उद्घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा महोत्तरी तथा मातहत कार्यालयमा कार्यतर प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२९ श्रावण २०७८, शुक्रबार
Next Post
आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैदको फैसला

आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैदको फैसला

सम्पादकको हत्या, एक पत्रकार बन्धक

आगामी ७२ घण्टाभित्रै तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको अनुमान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh