• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषाको सखुवा नयाँ टोलमा आपसी झगडामा एक जनाको मृत्यु


धनुषाको सखुवा नयाँ टोलमा आपसी झगडामा एक जनाको मृत्यु

विनोद महतो
महेन्द्रनगर, श्रावण २६ ।
आपसी विवादमा कुटाकुट हुँदा धनुषामा एक जनाको ज्यान गएको छ । आपसी विवादमा झै झगडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोल करिव ३५ वर्षीय ओम मल्लिक डोम (चेंग्वा डोम) को ज्यान गएको छ । ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
श्रावण १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेट र आतमा काठको भाटा (विलैया) र मुक्काले प्रहार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउँकोमा चिर्पट प्रहार गरेका कुरा मृत्तक ओमका भतिज लक्ष्मण मल्लिकले बताए । लक्ष्मणका अनुसार राकेशले भाटा, खुकुरी लिएर घरबाटै निस्कदैँ ओमको पेटमा भाटा र मुक्का प्रहार गरेको थियो भने टाउकोमा समेत चिर्पटले प्रकार गरेको थियो । यस्तै सोहि क्रममा गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रेफर गरिएको थियो ।
जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था विग्रदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा गएराति श्रीमानको मृत्यु भएको ओमकी श्रीमति गिता देवीले बताईन् ।
यता ओमको मृत्यु भएपछि राकेश अहिले फरार भएका छन् भने प्रहरीले पनि घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारजनको गुनासो छ । १८ श्रावणमा झगडा भएको र १९ श्रावणको दिन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएको बताउँदै प्रहरीले हत्याका आरोपी झगडिया राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आक्रोशित भएका छन् ।
यसैबीच ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक ( ईन्सपेक्टर) तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जना महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् । ईन्सपेक्टर सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।
यता ओमको शव विराटनगरमै पोष्टमार्टम पश्चात सखुवा महेन्द्रनगर ल्याइदै छ । शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारवाही गर्न मादवाव दिने पीडितका आफन्तहरुले बताएका छन् ।
मृत्तक ओमको एक श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२६ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२६ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२६ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२६ श्रावण २०७८, मंगलवार
Next Post
पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

एकै दिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

आजको खेलमा रतनपुर २ गोलले विजयी, भोली पहिलो समिफाइनल हुने

आजको खेलमा रतनपुर २ गोलले विजयी, भोली पहिलो समिफाइनल हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh