जलेश्वर,गाेपाल झा
नागरीकको जिवन , राष्ट्ररीय एकता र सिमा सुरक्षा आफ्नो प्रमुख सरोकारको बिषय भएको प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरी स्थित प्रमुख जिल्ला अधिकारीको कक्षमा भएको सुरक्षा निकाय र संचारकर्मीहरु संगको संबादमा उहाँले महोत्तरीमा नागरीकको जिवन , राष्ट्ररीय एकता र सिमा सुरक्षाबारे जानकारी लिएका हुन् । प्रदेश प्रमुख डा.अहिराजले सुरक्षाकर्मी संग सिमा सुरक्षा ,अपराध र अपराध न्युनिकरणकोलागी गरीएका कार्यहरुबारे जानकारी लिएका थिए । साथै संचारकर्मीहरु संग उनले समाजमा सकारात्मक सुधारल्याउन गरेका र लेखिएका समाचारहरुबारे जिज्ञासा समेत राखेका थिए । प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ मा कुनै पनी जनताले रोग र भोकले ज्यान गुमाउनु बाध्यहुनु नपरोस भन्ने बातावरण निर्माण गर्न राष्ट्रसेवक कर्मचारी र समाजका अगुवा मानिने संचारकर्मीहरुले गरीमामय सहकार्य गरेर नागरीकमा चेतनाको स्तर बढाउने जस्ता कार्य गर्नु पर्नेमा जोड दिनु भयो । उनले संचारकर्मीहरुको कलमले सकारातमक र उर्जा थप्ने प्रकारका समाचार सम्प्रेसन गर्न थाले भने नाकारात्मताहरु बिस्तरै बिलय हुने बिश्वास ब्यक्त गरेका हुन् । यस्ता प्रकारका समस्या बिश्वकै समस्याहो भन्ने बुमmाइृउका साथ नागरीकलाई सचेत गर्ने समाजिकलेखा परिक्षण संग सहकार्य गर्दै समाजिक बुद्धिजिबीसंग सहकार्य गर्दै समाजलाई सकारात्मक दिशा तिर डोर्याउने काम संचारकर्मीको पहिलो कर्तब्य भएको समेत उनले स्मरण गराएका हुन् । उनले संचारकर्मी लेन्स न भएर आईना मात्र भएकाले समाजलाई बास्तबिकता देखाउँदै सकारात्मकतातिर अग्रसर गराउन अहम भुमिका खेल्न आग्रह गरे । साथै अपराधको रानितीकरण र राजनितीको अपराधीकरणमा पत्रकारको कलम मौन बस्दा समाजमा उग्रता बढदै जाने भएको बताउँदै निर्धककताका साथ कलम चलाउन भनेका हुन् । उहाँले हाम्रो समाज अभाव र अतिबादमा परेको बताउँदै यो बिभिन्न चरणहरु पार गर्दै आजको अबस्था आएको बताए । उनले अतिबादको चरणहरु उदारबाद , अनुदारबाद , चरमपन्थ , कटरपन्थ , हिंसा र बिग्रह रहेकोले अमmै यसबारे संचारकर्मीहरु गम्भीर भई समाजलाई सही दिशातर्फ डोर्याउनु पर्ने बताए । उनले नागरीकको भुमी , भावना र भबिष्यको संरक्षण गर्न संचाकर्मीहरु उच्च मनोवलका साथ समाज प्रती थप जिम्मेबार हुनुपर्ने आबस्यक रहेको र आत्म हत्या , महिला हिंसा , लागु औषधका लगायतका बिषय गम्भीर चिन्ताको बिषय भएकोले समाजलाई बिग्रह तर्फ जानबाट रोक्न आग्रह गरे । संचारकर्मीले राजनीती र अपराधलाई फरक फरक छुटयाएर अगाडी बढने तथा राष्टर सेबक कर्मचारीहरु संग सहकार्य गरी समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्न कार्य गर्नु पर्ने बताए । महोत्तरीका संचारकर्मीसंग बिशेष किसिमको क्षमता भएको र बिशेष किसिमको काम गर्दै आईरहेकोमा आफ्नो बिशेषताले समाजलाई जोडन बिशेष भुमिका निर्बाह गरीदिन आग्रह गरे ।
यता संचारकर्मीहरुले समेत समाजकै हितको लागी निरन्तर आफुहरुको कलम चलिरहेको प्रदेश प्रमुख लाई ध्यानाकर्षण गराउँदै अभाव र राष्टर सेबक कर्मचारीहरुको बिभिन्न कार्यले संचारपेशामा बिभिन्न अबरोध आउने गरेको समेत जानकारी गराए । उनले महोत्तरीमा संचालित एफ.एम. र पत्रपत्रिकाहरुमा स्थानिय कार्यालयहरुले सुचना, बिज्ञापन उपलब्ध नगराई मोटो कमिशनको खेलमा अन्य जिल्लाका संचारकर्मीहरु र बिज्ञापन एजेन्सीहरु संग समन्वय गर्दा स्थानिय संचाकर्मीहरु रित्तोहात बस्नु परेको पिडा पोखे । उनले नेपाल सरकारको केन्द्र, प्रदेश वा स्थानियतहहरुबाट समेत संचारकर्मीहरुको मनोबल बढाउनु कुनै पनी किसिमको कार्य हुन न सकेकोमा सो वारे समेत ध्यानाकर्षण गराएका थिए । यता बिशेष अनुदान वा अन्य बिभिन्न किसीमले स्थानिय संचार गृह र संचारकर्मीको बिकासकोलागी ल्यापटाप , क्यामेरा लगायतका उपकरण खरीदबारे समेत सहजता ल्याउन पहल हुन नसकेको बताए । प्रदेश प्रमुख डा.अहिराजले समबादकै क्रममा संचारकर्मीहरु तथा सुरक्षानिकाय प्रमुखहरुलाई नेपालको मmण्डा अंकित ब्याच समेत लगाएर सम्मान गरेका थिए ।








































































































