• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सुजिता हत्या प्रकरण हत्यामा आफ्नै बुवाको संलग्नता बुवा सहित थप तीनजना पक्राउ


सुजिता हत्या प्रकरण हत्यामा आफ्नै बुवाको संलग्नता बुवा सहित थप तीनजना पक्राउ

गोपाल झा
महोत्तरी , साउन १८ गते ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका. ७ की सुजिता ठाकुरको हत्याको आरोपमा प्रहरीले उनका बुबासहित थप तीन जनालाई पक्राउ गरेको छ । योसँगै उनको हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने अझै केही जना फरार छन् ।
सुजिता हत्यामा संलग्नता देखिएपछि बुवा कामेश्वर पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो ।
सुजिता ठाकुर हत्यामा उनका बुवा पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले पत्रकार सममेलनगरी जानकारी गराएका हुन् ।
एसपी आचार्यका अनुसार बुवा पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’
पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएकोले हत्या गरेको उनले बताए ।
‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’
रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ समेत गरेको पनि खुलेको आचार्यको भनाइ छ ।
यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।
जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । २६ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ ।
हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको थियो । हत्यापछि सुजिताको शव लुकाउन तथा सेप्टिक ट्याङ्कीभित्र गाडेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरी मुद्दा अघि बढिसकेको छ । सुजिताकी पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो । घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन । उनीहरूको खोजी कार्य जारी रहेको एसपी आचार्यले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१८ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१८ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१८ श्रावण २०७८, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१८ श्रावण २०७८, सोमबार
Next Post
पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ

पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh