• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ओलीले मध्यरातमा चाल्नसक्ने तीन कदम


ओलीले मध्यरातमा चाल्नसक्ने तीन कदम

काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार अप्रत्यासित फैसला आएसँगै प्रधानमन्त्री केपी ओली आफूले चाल्नसक्ने कदमको खोजीमा लागेका छन् । अमेरिकी तथा पश्चिमाहरूको समर्थनमा सर्वोच्च अदालतबाट विशेष खालको फैसला भएसँगै विशेषगरी चिनियाँ सशंकित भएको जानकारहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीलाई सत्ता लम्ब्याउन दिने कुनै बाटो नराखी आज सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश भएपछि चिनियाँहरू झस्किएका हुन् ।
संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाएपछि लामो समयदेखि अडकिएको अमेरिकी संस्था एमसीसीको प्रस्ताव पनि संसदबाट पास गर्न सकिने पश्चिमाहरूको विश्वास देखिन्छ । आजको फैसलाले नेपालमा पनि म्यानमारमा जस्तै सैनिक शासनको संकेत पनि देखिएको छ ।
विशेष कदम चाल्दा मध्यरात कुर्ने गरेका प्रधानमन्त्री केपी ओलीले आजै राति विशेष कदम चाल्नसक्ने देखिएको छ । विश्लेषकहरूका अनुसार घेराबन्दीमा परेका ओलीले चाल्नसक्ने तीन विकल्पमा संकटकाल, राष्ट्रपति शासन वा राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण हुनसक्ने देखिन्छ । म्यानमारमा जस्तै सेना आफैले सत्ता कब्जा गर्नसक्ने संभावना कम देखिए पनि सेनाको समर्थन पाए ओलीले यी तीन कदममध्ये एक चाल्नसक्ने संभावना भने रहेको छ ।
अदालतको फैसलाकै दिन अमेरिकाले आजै १५ लाखभन्दा बढि कोरोनाविरुद्धको खोप नेपाललाई अनुदान दिनु पनि अर्थपूर्ण देखिन्छ । यसअघि चीनले अनुदानको बाहेक ४० लाख डोप खोप नेपाललाई बिक्री गर्न सहमत भई पहिलो चरणको नेपाल आइसकेको छ ।
नेपालमा दुई शक्ति ध्रुवहरू चीन र अमेरिकाको चासो बढिरहेको बेला अदालतबाट अनपेक्षित फैसला आएको छ । अदालतको फैसलामा देउवाले विश्वासको मत लिनुनपर्नेदेखि माधव नेपाल पक्षका साँसदलाई कारवाही गर्न नमिल्ने मंगलबार बेलुकीसम्म देउवालाई प्रधानमन्त्री बनाइसक्नुपर्ने जस्ता निर्देशन पनि आएको छ । यद्यपि ओलीले त्यति ठूलो कदम अब चाल्नसक्ने संभावना नरहेको धेरैको बुझाई छ ।
पछिल्लो राजनीतिक घट्नाक्रमले नेपाल थप मुठभेड र विदेशीहरूको क्रिडास्थलको रुपमा परिणत हुने जोखिम बढ्दै गएको छ । यसअघि संसद पुनःस्थापना गरेर प्रधानन्यायाधीस चालेन्द्रशम्शेर राणा एक्कासी अमेरिका हिंडेकाले पनि उनी अमेरिकनसँग नजिक रहेको अडकल गरिएको छ । देउवा पहिलेदेखि नै पश्चिमाहरूको विश्वासपात्रको रुपमा चिनिदै आएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अमेरिकासँग सम्वन्ध सुधार गरी श्रीमती सीतालाई उपचार गर्ने नाममा अमेरिका घुमेर आइसकेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२८ असार २०७८, सोमबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२८ असार २०७८, सोमबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२८ असार २०७८, सोमबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२८ असार २०७८, सोमबार
Next Post
१० लाख धरौटी बुझाएर छुटे विजय गच्छदार

१० लाख धरौटी बुझाएर छुटे विजय गच्छदार

नेपाल स्काउटले वितरण गरे स्वास्थ्य सामग्री

नेपाल स्काउटले वितरण गरे स्वास्थ्य सामग्री


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh