मुलुकमा लोकतन्त्र , गणतन्त्र र संविधानमाथि नै प्रहार भएको छ । प्रधानमन्त्री ओलीजीले लोकतन्त्र , गणतन्त्र र संविधानमाथि प्रहार गर्नुभयो भने राष्ट्रपतिले त्यसलाई सदर गर्ने काम गर्नुभयो । ओलीजी संसद् विघटन मुख्यतः लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्नका लागि नै गर्नु भएको हो । प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिज्यूले आह्वान गर्नुभयो , सो आह्वानअनुसार हामीले १४९ जना सांसदको हस्ताक्षरसहित दावा पेश गर्दा पनि उहाँले शेरबहादुरजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएन । यस्तो कर्तुतबाट राष्ट्रपतिको भूमिकामा पनि प्रश्नवाचक र शंकास्पद रहेको छ । यौटै प्रधानमन्त्रीले यौटै संसदलाई यौटै कार्यकालभित्र दुईपटक संसद् भंग गरेको इतिहास दुनियाँमा कही पनि छैन । प्रधानमन्त्रीले असंवैधानिक कार्य गरेको हुनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्दथ्यो , तर उहाँले राजीनामा नदिई दोस्रो पटक संसद् विघटन गर्नुभएको छ ।
लोकतन्त्र , संविधान र संसदीय अभ्यासको रक्षाका लागि हामी गठबन्धनमा छौं । हाम्रो उद्देश्य भनेको चुनाव जित्ने मात्र नभई संविधान र लोकतन्त्रको रक्षा गर्नु रहेको छ ।
अध्यक्ष उपेन्द्र यादवज्यूसंग गरिएको टेलीफोनिक संवाद ।









































































































