जनकपुरधाम : प्रदेश २ सरकारले २० जना एकल महिलालाई गाई वितरण गरिएकाे छ ।
एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिका–२ रामपुराका २० जना एकल महिलालाई गाई वितरण गरिएको जनाइएकाे छ । छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहका अध्यक्ष विनोद साफीको अध्यक्षतामा आयोजना गरिएको साे कार्यक्रममा उनीहरुलाई मन्त्री साहले गाई हस्तान्तरण गरेका हुन् ।प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गतप्रदेश २का भूमि व्यवस्था कृषि तथा सहकारी शैलेन्द्र प्रसाद यादवले व्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी (ब्लक) विकास कार्यक्रम’ छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहकै आयोजनामा २० जना एकल महिलालाई गाई वितरण गरिएको छ ।सो कार्यक्रममा वडा नम्वर २ का वडाध्यक्ष चुनचुन साह, गोपाल झा, ज्ञानी मण्डल, लाल देव यादव लगायतले बोलेका थिए ।









































































































