प्रदेश न २ मा जसपा ( उपेन्द्र यादव पक्ष ) , काग्रेस र माओवादी बिच सत्ता सझेदारीको सहमती भएको छ ।
प्रदेश-२ मा नयाँ सत्ता समीकरणको सहमति भएपछि नेपाली कांग्रेसले ३ मन्त्रालयको जिम्मेवारी पाएको छ ।
नेपाली कांग्रेससँग भएको सत्ता समिकरणको सहमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, सञ्चार बिज्ञान तथा बालबालिका कांग्रेसलाई दिने टुंगो लगाइएको छ ।
कांग्रेसले आफ्नो भागमा ३ मन्त्रालय पाएसंगै मन्त्रीको नाम समेत टुङ्गो लगाएको छ । जसमा रामसरोज यादव पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, ओम प्रकाश शर्मा र सञ्चार बिज्ञान तथा बालबालिका मन्त्रालय बिरेन्द्र सिंहले सम्हाल्ने निर्णय नेपाली काङ्ग्रेसले गरेको छ ।
उता माओवादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ। जस अनुसार माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन।









































































































