रामगाेपालपुर : जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर-राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि पार्टी भित्र थप कमजोर बनेको छ ।
मन्त्रीमा ‘ चान्स ‘ नपाएका कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले मन्त्रीमण्डल ठिकै रहेको प्रतिकृया दिए ।‘ १० दिने मन्त्रीमण्डलमा सहभागि हुनुको कुनै तुक छैन्’ उनले भने, सरकार नै रहने अवस्था छैन् । सरकारमा सहभागि नगराइएका कार्यकारिणी सदस्य यादवले ठाकुर-महतो खेमा साथ छाडेका छन् ।
उनलाई ठाकुर-महतो समुहले मन्त्री बनाउन अस्वीकार गरेकाले अब सोझै अध्यक्ष उपेन्द्र यादवको खेमामा लागेका छन् । कार्यकारिणी समितिमा यादव समुहको बहुमत अब दुई तिहाई पुग्ने छ ।यादवले ठाकुर-महतोलाई पछिल्लो समयमा साथदिदै आएका थिए । तत्कालिन संघिय संसदको बहुमत ठाकुर-महतो पक्षमा पुर्याउन यादवलेपनि महत्वपूर्ण भूमिका खेलेका थिए ।









































































































