• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपेन्द्रलाई थाहा नै नदिई राजेन्द्र महतो भए संसदीय दलको नेता


उपेन्द्रलाई थाहा नै नदिई राजेन्द्र महतो भए संसदीय दलको नेता

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । सो पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गर्नुभएको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन । हिजो बबरमहलमा बसेको दलको बैठकमा बहुमत पुगेपछि सो निर्णय भएको उनले बताए ।
उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए । जसपामा दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । पछिल्लो समय अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत पुर्याउनका लागि संकलन गरेको हस्ताक्षर अभियानमा राजेन्द्र महतो सहभागी भएका थिएनन् । हस्ताक्षर जुटाएर महन्थ ठाकुर स्वयं संसदीय दलको नेता बन्न थालेको भन्दै महतो हस्ताक्षर कार्यक्रममा सहभागी नभएका हुन् ।
महतोले आफूलाई संसदीय दलको नेता बनाएपछि मात्र हस्ताक्षर गर्ने अडान लिएपछि अध्यक्ष ठाकुरले उनलाई संसदीय दलको नेता बनाएका हुन् । जसपा नेपालका कार्यकारिणी सदस्य एवं सांसद रामसहाय यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेकोमा पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए । उनले भने– ‘संसदीय दलको बैठक नै बसेको छैन भने उहाँ कसरी संसदीय दलको नेता बन्नुभयो थाहा छैन, उहाँले आफ्नै मनले संसदीय दलको नेता घोषणा गराउनुभएको हो भने हामीलाई त्यसमा केही भन्नु छैन ।
अध्यक्ष उपेन्द्र यादवले भने संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बेला महतो कसरी संसदीय दलको नेता भए त्यसबारेमा आफूलाई केही जानकारी नरहेको बताए । उनले भने–‘महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाउनुभएको होला, हाम्रो पार्टीका संसदीय दलले उहाँलाई संसदीय दलको नेता बनाएको छैन ।
यादवले संसदीय दलको नेता बन्न विभिन्न प्रकृया हुने र ती प्रकृया पुरा नभएको बताए । उनले भने, ‘पहिलो कुरा संसदीय दल समायोजन हुनुपर्छ, समायोजनपछि विधान पारित हुनुपर्छ र सो विधान अन्तर्गत संसदीय दलको नेता बन्छ, त्यसमध्ये कुनै प्रकृया पुरा भएको छैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३१ बैशाख २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३१ बैशाख २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३१ बैशाख २०७८, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३१ बैशाख २०७८, शुक्रबार
Next Post
पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

काेराेना संक्रमितकाे दाहसंकारमा सयकडाै मानिसहरुकाे उपस्थिति देख्दा स्थानिय त्रसित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh