• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सुनवल नगरपालिकाको आठौ नगर सभा सम्पन्न


सुनवल नगरपालिकाको आठौ नगर सभा सम्पन्न

उर्मिला यादव फागुन १४
कृषि, पर्यटन , प्राकृतिक स्रोत, उद्योग र ब्यापार, समृद्ध सुनवलको बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको आठौ नगर सभा आज शुक्रबार एक कार्यक्रमका बिच सुनवलमा सम्पन्न भएको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा आठौ नगर सभा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्दै नगर उपप्रमुख दधिराम अर्यालले आर्थिक बर्ष २०७७ ।७८को पारित बजेट ८५ करोड ,४ लाख, ३३ हजार नौ सय ६४ रुपैयाबाट आकार बृद्धि गरी ९२ करोड, ६६ लाख , ७८ हजार चार सय २० रुपैया बनाइएको बताउनु भएको छ । उहाले आन्तरीक आय तर्फ नदीपदार्थको ठेक्का रकम तर्फ २७ दशमलव ९८ प्रतिशत प्रगति भएको बताउदै चालु खर्च तर्फ ३५.८५प्रतिशत , पुजीगत खर्च तर्फ २१.०६ प्रतिशत प्रगति भएको जानकारी दिनु भएको छ । उपप्रमुख अर्यालले पुजीगत खर्च तर्फका योजना तथा कार्यक्रमहरु संचालनका लागी उपभोत्ता समिती गठन भइ अधिकांश योजना तथा कार्यक्रमहरु संचालन भइरहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले सुनवल नगरपालिका दुग्ध पर्दाथ र मासुमा आत्म निर्भर भइसकेको र अन्नबालीमा पनि लगभग आत्मनिर्भर भएको हुदा दुध र मासु उत्पादनको पकेट क्षेत्रको रुपमा सुनवललाइ बिकास गर्नुपर्नेमा जोड दिनु भएको छ । उपप्रमुख अर्यालले ९५ प्रतिशत योजना सम्झौता भई सम्पन्न भईसकेको जानकारी गराउदै नगरपालिकाले ४ बर्षको बजेट बनाउदा धेरै उपलब्धी हासिल गरेको समेत बताउनुभएको छ । नगरका १३ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना , ४ बर्षको अवधिमा ५८ किमि सडक कालोपत्रे गरेको उहाले जानकारी दिनुभयो । नगर उपप्रमुख अर्यालले सुनवल शिक्षामा लुम्बिनी प्रदेशमै १ नंम्बरमा परेको, न्यायिक क्षेत्रमा पनि नवलपरासीका ७ वटै स्थानिय तहहरु मध्ये सुनवल नगरपालिकाको न्यायिक समिति उत्कृष्ठ रहेको बताउनु भयो उहाले नगरका १३ वटै वडामा महिलाहरु सिप सिकि उद्यमी भएको बताउदै यदि नगरपालिकाले थप उद्योग स्थापना गरेमा यहाका महिलाहरु समेत उद्यमी भइ अघि बढन सक्ने बताउनुभयो । आठौ नगर सभामा सुनवल नगरपालिकाका विभिन्न विधेयकहरु पेश गरिएको थियो । सभामा नगरपालिकाको सार्वजनिक नीजि साझेदारी विधेयक, अटोभिलेज व्यवस्थापन विधेयक, कर्मचारी कल्याणकोष संचालन विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन विधेयक र औधोगिक ग्राम संचालन तथा व्यवस्थापन विधेयक पेश गरिएको थियो । विधायन समितिका संयोजक दुर्गा कोईरालाबाट सभा समक्ष ति विधेयक पेश गर्नुभएको हो । सो अवसरमा महिला ईलम उद्यम समिति संयोजक रमा शर्मा, नदिजन्य पदार्थ उपसमिति संयोजक थमन सिंह नेपाली, आर्थिक विकास समिति संयोजक कर्ण बहादुर सेन, सामाजिक विकास समिति संयोजक राजेन्द्र यादव, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक यमलाल पाण्डे, सुसासन समिति संयोजक दशरथ कुम्हाल, न्यायिक समिति सदस्य अर्जुन सुनार, नगर प्रवक्ता कृष्ण देवकोटा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ४ का बालकृष्ण पंगेनी, गुन बहादुर बुढाथोकी, वडा नम्बर १० का खेमबहादुर पुनले राख्नु भएको जिज्ञासाको जवाफ नगर उपप्रमुख अर्यालले दिनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१५ फाल्गुन २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१५ फाल्गुन २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१५ फाल्गुन २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१५ फाल्गुन २०७७, शनिबार
Next Post
पश्चिम नवलपरासीमा एक लाख २१ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

पश्चिम नवलपरासीमा एक लाख २१ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

एकैदिन राज्य मन्त्री कुशवाहा र सांसद यादवले गरे ३ वटा योजनाको शिलान्यास

एकैदिन राज्य मन्त्री कुशवाहा र सांसद यादवले गरे ३ वटा योजनाको शिलान्यास


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh