राजेश सिंह
गाैशाला, माघ १४ गते ।
महाेत्तरीमा साेनमा गाउँपालिकाका शिक्षकहरुलाई परिचयपत्र वितरण गरिएको छ । बुधबार साेनमा गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रम गरि गाउँपालिका भित्र रहेको शिक्षकहरुलाई परिचयपत्र वितरण गरिएको हाे । गाउँपालिका प्रमुख: राजकुमार यादवको हातबाट शिक्षकहरूलाई परिचयपत्र वितरण गरिएको थियोे । केही शिक्षकहरूलाई वितरण गरिए पनि बाँकी शिक्षकशिक्षिकाहरुलाई छिटै वितरण गरिने योजना रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख: राजकुमार शाहले बताउनुभयो ।
https://rajdhanitoday.com/news/4032








































































































