महोत्तरीमा टिपरको ठक्करबाट सोमबार बिहानै दुई जनाको मृत्यु भएको छ। हमाेतरीकाे अाैरही नगरपालिका वडा नम्बर–४ कठुधारमा सोमवार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकल लाई बिपरित दिसाबाट आइरहेको टिपरले ठक्कर दिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् ।
गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट आउँदै गरेको टिपरले मोटरसाईकल लाई ठक्कर दिएको थियो ।
घटना लगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरि प्रर्दशन गरिरहेका गरेका छन। यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताउनुभयो ।







































































































