• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हाम्रो बारेमा झुठो प्रचार बन्द गर : नेता महताे


हाम्रो बारेमा झुठो प्रचार बन्द गर : नेता महताे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले झुठको खेती बन्द गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र महतोले बताउनुभएको छ ।
प्रतिनिधि सभा विघटनको बिरुद्धमा मलंगवामा आयोजना गरिएको जनप्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्दै नेता महतोले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा बेईमान रहेको आरोप लगाउनुभयो । उनीहरु सबै मिली जनतासंग पटक–पटक बेईमानी गरेका कारण जनता अब विकल्पको खोजीमा लागेपछि जसपाका नेताहरुका बारेमा गलत अफवाह फैलाईएको उहाँले बताउनुभयो ।
आफ्ना पार्टीको बारेमा प्रायोजित समाचार संचार माध्यममा आएको भन्दै त्यसप्रति लक्षित गर्दै नेता महतोले सो कुरा बताउनुभएको हो ।
‘आफ्ना नजिकको मिडियालाई प्रयोग गरेर जसपाका नेता पार्टी छाडेर नेकपामा जान लागेको गलत अफवाह फैलाईएको छ’,– उहाँले भन्नुभयो ‘ संचार माध्यमको गलत प्रयोग गरेर आफ्ना पार्टीको बारेमा अफवाह फैलाईए पनि कुनै असर पर्ने छैन ।
संचार माध्यमको दुरुपयोग गरेर आफ्ना पार्टीको बारेमा अफवाह फैलाईएको बताउँदै उहाँले उनीहरुको पार्टी छाडेर आफ्नो पार्टीमा प्रवेश गरेको देखेर नेकपा, काँग्रेस बिच्चलीत भएको भन्नुभयो ।
साथै आफ्ना पार्टीका नेता कार्यकर्ता तथा आम जनसमुदायलाई कुनै प्रकारको भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । साथै वैकल्पीक शक्ति निर्माणमा जुटन सबैसंग आग्रह गर्नुभयो ।
नेकपा असफल भएपछि केपी ओली पतनको बाटोमा गएको नेता महतोले बताउनुभयो । झुठ तथा भ्रमको खेती बन्द गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
एकल जातिय शासन र नसलिए शासनबाट जनतालाई मुक्ति चाहिएको उहाँको भनाई थियो । संसद पुर्न स्थापनाबाट पनि मधेशी, जनजाती, थारु, दलित, मुस्लिमकोे अधिकार नमिल्ने भन्दै सबै मिलि राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
‘यस देशमा सबैको लागि संविधान र सबैको अधिकार स्थापनको लागि एउटै विकल्प रहेको छ, आन्दोलन’,– उहाँले भन्नुभयो ‘जनता विकल्पको खोजीमा लागेपछि नेकपा र काँग्रेस तिलमिलाएको छ ।’
एकल जातिय नसलिए सोचबाट बनाईएको संविधान देशमा पटक पटक असफल हुँदै आएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता समेत खतरामा परेकोे उहाँकोे आरोप रहेको छ । संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै नेता महतोले प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागू गरेर देशलाई प्रतिगमनको दिशामा धकेलेको उहाँको भनाइ छ । संविधानको कुनै धारामा संसद विघटनको व्यवस्था नहुँदा नहुँदै पनि प्रधानमन्त्रीले आफू खुशी संसद विघटन गरेर देशलाई बर्बाद गर्न लागि परेको महतोले दाबी गर्नुभयो ।
लोकतन्त्रको रक्षाको लागि अब हामी फेरि लड्नु पर्ने बेला आएको बताउँदै महतोले भन्नुभयो, ‘हामी लोकतन्त्रको रक्षाका लागि लड्नुपर्छ, अब पनि सचेत भएनौं भने निरंकुशता हाबी हुन्छ ।’

जनप्रदर्शन तथा बिरोध सभा कार्यक्रमलाई जसपाका केन्द्रिय कार्यकारणी समिति सदस्य एवम् पूर्वमन्त्री महेन्द्र राय, चन्दा चौधरी, उमाकान्त झा, प्रदेश मन्त्री रामनरेश राय, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासमान, प्रदेश सभा सदस्यद्वाय अशोक यादव र सञ्चमाया मोक्तानले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य डा. अब्दुर रहिमले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत भाषण जिल्ला अध्यक्ष बिरेन्द्र रायले गर्नुभएको थियो ।
यसैबीच कार्यक्रममा आगण ग्रहण गराउँदा मर्यादा क्रमको ख्याला नगरेको भन्दै विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य संजय कुमार यादव, निरा साह, केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण बहिष्कार गर्नुभएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

५ माघ २०७७, सोमबार
Next Post
पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh