• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा


६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

जनकपुरधाम, माघ ५ । प्रदेश नं. २को सरकारले मधेश आन्दोलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएका छन ।
जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुले प्रदेश सरकारले दोसल्ला र २५ हजार नगद सहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले शहीदहरुको बलिदानीलाई स्मरण गर्दै उनिहरुको परिवारको भरण पोषणमा कुनै कमी नराख्ने प्रतिबद्धता समेत दोह¥याए । उहाँले प्रदेश सरकारले घोषणा गरेको एक शहीद परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिदै भविष्यमा शहीद परिवारहरुको लागी भरणपोषणको योजना ल्याउने तैयारी भै रहेको जानकारी समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप शहीद परिवारहरुको लागी आवश्यक सहयोगको काम प्रदेश सरकारले जारी राखेकोमा धन्यवाद दिदै बाँकी रहेको कामहरु समेत समयमै पुरा गर्न प्रदेश सरकारले आग्रह गरेका थिए ।
जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरु विर्सन नसक्ने बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार शहीदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मुल्यांकन गर्दै आएको बताउनु भयो । उहाँले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २का अधिकांश शहीद परिवारले रा्ेजगारी पाइ सकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको बताउनु भयो । त्यसै गरि उहाँले आन्दोलनका अशक्त घाइतेहरुलाई प्रदेश सरकारले अवस्था हेरी सहयोग गर्दै आएको र अगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले शहीद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने् बताउनु भयो ।
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
मधेश आन्दोलनका शहीदहरुको सम्मानमा आन्दोलनका नेतृत्वकर्ता दलहरुले मनाउदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भए यता प्रदेश सरकारले मनाउन थालेका छन । सरकार गठनको पहिलो वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले दोस्रो वर्ष विरगंजमा मनाएका थिए भन्ने यस वर्ष प्रदेश नं. २को अस्थायी राजधानी जनकपुरधाममा मनाएका छन । सरकारले माघ ५ गते वलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिदै आएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

५ माघ २०७७, सोमबार
Next Post
जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठनले मनाए शहिदप्रति दिप प्रज्वलन कार्यक्रम

जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठनले मनाए शहिदप्रति दिप प्रज्वलन कार्यक्रम

हाम्रो बारेमा झुठो प्रचार बन्द गर : नेता महताे

हाम्रो बारेमा झुठो प्रचार बन्द गर : नेता महताे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh