उर्मिला यादव
पुस २१
जि ट्वान्टी फाइभ क्लब रुपन्देहीले पाचौ रक्तदान कार्यक्रम अन्तर्गत आज मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै गरीएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । जि ट्वान्टी फाइभ क्लब रुपन्देहीका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षता तथा नियमित रक्तदाता समुह रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको प्रमुख आथित्यतामा भएको रक्तदान कार्यक्रममा रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरिएको थियो ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रमेश जोशीले रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उदेश्यले यस क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो । दिपक घिमिरेको संयोजकत्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।








































































































