• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

टिकापुर घटनाबारे राज्यद्वारा तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक किन गरिदैंन ?


टिकापुर घटनाबारे राज्यद्वारा तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक किन गरिदैंन ?

कैलाश महताे
काठमाडौं– संविधान जारी हुनुपूर्व कैलालीको टीकापुरमा ८ जनाकाे ज्यान जानेगरी घटना घटेकाे बिहीबार तीन वर्ष पुरा भएकाे छ। एक बालक तथा सात प्रहरीको मृत्यु भएको सो घटनाको बारेमा तत्कालिन समयमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो। तर, प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन।
सरकारले आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई कारबाही त गरेको छैन नै साथै सुरक्षा सम्यन्त्रमा देखिएकाे कमजोरी सुधार्न समेत सकेको छैन। प्रतिवेदनका सुझाव कार्यान्वायन नहुँदा आयोगका तत्कालिन अधिकारीहरु समेत असन्तुष्ट छन्।

के छ प्रतिवेदनमा?
आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।
प्रहरीले चौधरीलाई टीकापुरमा ७ प्रहरी र एक बालक हत्या घटनाको प्रमुख योजनाकारका रुपमा मुद्दा दायर गरेकोमा उनी अदालतमा उपस्थित भई हाल पुर्पक्षका लागि कारागारमा छन्।
स्थानीय र सरोकारवालासँगको कुराकानीका आधारमा जाँचबुझ आयोगले चौधरी घटनाको पीडित भएको निष्कर्ष निकालेको थियो। प्रहरीमाथि आक्रमणको घटना पूर्वयोजना अनुरुप नै भएको तर रेशम चौधरीले नभई अरु कसैले बनाएको प्रतिवेदनमा उल्लेख छ। ‘उनले त अघिल्लो दिन नै आन्दोलनमा हिंसात्मक गतिविधि हुन सक्ने भनेर सुरक्षा निकायलाई जानकारी दिएर सहयोग गरेको देखियो,’ आयोगका एक सदस्यले भने, ‘त्यो दिनको आन्दोलनमा पनि उनी संलग्न भएको देखिएन।’ प्रहरी अनुसन्धानले भने चौधरीलाई नै मुख्य दोषी ठहर्‍याएको छ।

‘मदिरा पिलाएर कार्यकर्ता ल्याइएको थियो’

संविधानको प्रावधानप्रति असन्तुष्टि जनाउँदै २०७२ भदौ ७ मा टीकापुरमा घरेलु हतियारसहित थारु समुदायका व्यक्तिले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। छुट्टै थरुहट प्रदेश उनीहरुको माग थियो। सोही मागसहित टीकापुरमा उत्रिएका आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भयो। झडपमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक बालक मारिए। ठूलो संख्यामा आएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रण गर्न सकेन। आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी प्रहरीको निर्मम हत्या गरेका थिए।
जुन घटना योजनाबद्ध नै भएको प्रतिवेदनमा उल्लेख छ। टीकापुर छेउछाउका गाउँबाट स्थानीयलाई मदिरा पिलाएर ल्याइएको र आक्रमण नै गर्न लगाइएको स्थानीयले आयोगका अधिकारीहरुसँग बताएका छन्। स्रोतका अनुसार तत्कालीन लोकतान्त्रिक फोरमका नेता (हाल नेपाली कांग्रेस) रामजनम चौधरीको गाउँबाट ठूलो मात्रामा स्थानीयहरु मदिरा पिएर घरेलु हातहतियारसहित आएका थिए। तर, प्रतिवेदनमा चौधरीको नाम उल्लेख गरिएको छैन, त्यसतर्फ संकेत मात्र गरिएको छ।
टीकापुरमा रेशम चौधरीको लोकप्रियता बढेकाले अन्य पार्टीका नेताले नै ‘रेशमको योजनामा आन्दोलन भएको’ भनेर प्रहरीलाई ब्रिफिङ गरेर फसाउन खोजेको केही स्थानीयबासीले आयोग समक्ष बयान दिएका छन्।
तर, आन्दोलनमा रेशमको पनि समर्थन रहेको र आफ्ना कार्यकर्तालाई आन्दोलनमा पठाएको प्रतिवेदनमा उल्लेख छ। ‘उनी पूर्ण रुपमा निर्दाेष छैनन्, तर मुख्य योजनाकार नै हो भन्ने चाहिँ हाम्रो छानबिनमा देखिएन,’ आयोगका एक अधिकारीले नेपाल लाइभसँग भने। घटनापछि उनको एफएम, घर तथा कार्यालयमा तोडफोड भएकाले उनलाई टीकापुर घटनाको पीडित मानिएको प्रतिवेदनमा उल्लेख छ।
चौधरीलाई सरकारले यसअघि नै क्षतिपूर्ति बापत १ करोड ७४ लाख रुपैयाँ दिइसकेको छ।
हुलमूलमा पक्राउ, अभियुक्तहरु बाहिर
आयोगको प्रतिवेदनले प्रहरीले दायर गरेको कर्तव्य ज्यान मुद्दाको विषयमा केही बोलेको छैन। अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले त्यस विषयमा आयोगले केही उल्लेख नगरेको हो।
स्थानीयहरुसँगको कुराकानीमा भने प्रहरीले गहन अनुसन्धान नगरी हुलमूलका आधारमा पक्राउ गरिएको गुनासो गरेका छन्। केही निर्दाेष व्यक्ति फसेको र घटनाका दोषीहरु भने अनुसन्धान बाहिर रहेको स्थानीयको गुनासो छ। घटनामा पक्राउ परेका २६ जना अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।
सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस
जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सिडिओलाई समेत कारबाहीको सिफारिस गरेको छ। कसैको नाम नतोकी आयोगले घटनाको पछाडि स्थानीय प्रशासनको कमजोरी औल्याउँदै कारबाहीको सिफारिस गरेको थियो।
टीकापुर घटनाबारे पूर्वसूचना नहुनु, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय नहुनु र घटनापछिको उचित विश्लेषण प्रशासनले गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ। उचित विश्लेषण गरेर सुरक्षा रणनीति बनाएको भए प्रहरी मारिएपछिको अवस्थामा स्थानीयको सम्पत्तीमा तोडफोड र आगजनीको घटना हुन नपाउने प्रतिवेदनमा उल्लेख छ। टीकापुर घटनापछि प्रहरीले धेरै बल प्रयोग गरेको समेत प्रतिवेदनमा उल्लेख छ।
दंगा नियन्त्रणमा प्रहरीलाई सुसज्जित बनाउन सुझाव
सुरक्षा नियकासँग दंगा नियन्त्रण सम्बन्धी स्रोत–साधन नहुनु पनि टीकापुर घटनामा ठूलो क्षतिको कारण मानिएको छ। टीकापुर घटनामा लाठी र ढालको आधारमा प्रहरीले हातहतियारसहितका आन्दोलनकारीसँग भिड्नुपरेको थियो। जसकारण प्रहरीले भिड नियन्त्रण गर्न नसकी क्षति नै भाेग्नुपरेको थियो। एसएसपी लगायतलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर हत्या गरेका थिए। भीड नियन्त्रण सम्बन्धी तालिम र स्रोतसाधन दुवैमा प्रहरीलाई बलियो बनाउनुपर्ने प्रतिवेदनले औंल्याएको छ।
स्थायी समाधान खोज्न सुझाव
आयोगले टीकापुर मात्र नभई मधेसका अन्य आन्दोलनमा भएका हत्या, हिंसा, आगजनी तथा तोडफोडका घटनाको समेत छानबिन गर्ने म्यान्डेट पाएको थियो। आयोगले तराई, मधेस तथा थरुहट क्षेत्रमा त्यस्ता आन्दोलन पछि पनि हुनसक्ने भएकाले स्थायी समाधान खोज्न सुझाव दिएको छ। अझै पनि संविधानप्रति असन्तुष्टिहरु रहेकाले त्यसलाई समाधान गर्नेतर्फ अघि बढ्न आयोगको सुझाव छ।
आयोगले कैलाली, झापा, सुनसरी, मोरङ, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बाँके, बर्दिया, दाङ, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, सप्तरी र सिरहामा स्थलगत अवलोकन गरेको थियो।
सर्वाेच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठिन जाँचबुझ आयोगमा सुरुमा ७ जना सदस्य थिए। आयोगका सदस्य खुशीप्रसाद थारु उच्च अदालतको न्यायधीशमा नियुक्त भएपछि आयोग ६ जनामा सीमित भएको थियो। स्थलगत अवलोकन, उजुरी तथा सरोकारवाला पक्षहरुसँगको छलफलपछि आयोगले प्रतिवेदन तयार पारेको थियो।
आयोगमा नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त डिआइजी सुखचन्द्र झा, पूर्व नायब महान्यायधिवक्ता सूर्य कोइराला र कानुन व्यवसायी सुरज लोप्चन सदस्य थिए। गृह मन्त्रालयका शान्ति सुुरक्षा महाशाखाका सहसचिवले आयोगको सदस्यसचिवका रुपमा काम गरेका थिए। आयोगले ७ सय पेजको प्रतिवेदन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो।
प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका थिए। ‘तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगर्दा दुःख लागेको छ,’ आयोगका एक सदस्य भन्छन्, ‘प्रतिवेदनको सुझाव कार्यान्वायन नहुँदा हाम्रो मेहनत खेर गएको छ।’
तीन वर्षपछि मात्रै अदालतमा पहिलो सुनुवाइ
आरोपितहरु कैलालीका निर्वाचित सांसद रेशम चौधरीसहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियाे।
तर, घटना भएकाे तीन वर्षको अवधिमा जिल्ला अदालत कैलालीले टीकापुर घटनामा बुधबार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश दिएको छ। हत्याकाण्ड भएको ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश परशुुराम भट्टराईको इजलासले पक्ष र विपक्ष दुवैलाई उक्त घटनाका साक्षीलाई अदालत पेश गर्न आदेश जारी गरेको हो। अदालतले भदौ २४ गते वादी–प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।
‘अदालतले भदौ २४ गते वादी/प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ,’ अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले भने, ‘त्यसपछि टीकापुर घटनाको मुद्दाको निरन्तर सुनुवाइ हुन्छ।
काठमाडौं थुनामा रहेका रेशम चौधरीको मुद्दा भने सर्वोच्च अदालतमा समेत रहेकाे छ। जिल्ला अदाललतमा आत्मसर्मपण गरेपछि थुनामा पठाउने आदेशविरुद्ध उनी सर्वोच्च आएका थिए। सर्वोच्चले उनको मुद्दामा जिल्ला अदालतको फाइल मगाउने आदेश गरेको छ।
प्रतिनिधिसभामा विजयी चौधरीसहित २६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरीडकैती मुद्दा चलाइएको छ। उनीहरु पुर्पक्षका लागि कारागारमा छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

५ पुष २०७७, आईतवार
Next Post
संसद विघटन प्रस्तावको विरोधमा देशभरी प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने जसपा नेता यादवकाे चेतावनि

संसद विघटन प्रस्तावको विरोधमा देशभरी प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने जसपा नेता यादवकाे चेतावनि

जनकपुरमा समाजवादी विद्यार्थी युवासंघको प्रदर्शन, ओलिलाई पार्टीबाट निस्कासन गर्न माग

जनकपुरमा समाजवादी विद्यार्थी युवासंघको प्रदर्शन, ओलिलाई पार्टीबाट निस्कासन गर्न माग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh