महोत्तरी, मंसिर २९ गते ।
संघीय सरकारसँग सहकार्य गर्दै जनचाहना अनुरुप विकास निर्माणको पथमा हिडनको लागि प्रदेश सरकार तयार रहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभएको छ । सोमबार दिउँसो महोत्तरीको मनरा सिस्वा नगरपालिका अन्र्तगत रहेको ऐतिहासिक मधवा पोखरी सौन्दर्यीकरण योजनाको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार संघीय सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले भन्नुभयो—‘आफुहरु शुरुदेखि नै सो ईच्छा अनुसार कार्य गर्न तयार भएतापनि संघीय सरकारको विभेद नितीका कारण सो सम्भव हुन सकेको छैन । संघीय सरकारले विगतको समयमा बजेट विनियोजन गर्ने समयमा अन्य प्रदेशको तुलनामा प्रदेश नं. २ लाई विभेद गरेकै हो । ’
प्रदेशभरिमा हुने कुनै पनि अधिकांश विकास निर्माणको कार्यमा प्रदेश सरकारको भुमिका अहम रहेको मुख्यमन्त्री राउतले दावी गर्नुभएको हो । मुख्यमन्त्री राउतले भन्नुभयो—‘शिक्षा, स्वास्थ्य लगायतका अन्य विकासका गतिविधी प्रदेश सरकारलाई संघीय सरकारको सहयोग नभई विरासतको कारण हुन सम्भव भएको हो ।’
मधेश आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना साकार पार्नका लागि प्रदेश सरकारले हरपल तयार रहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन । प्रदेश सरकारले आमनागरिकको ईच्छा अनुसार संचालन हुनको लागि तयार रहेको राउतको भनाई रहेको छ । प्रदेश सरकारले केही दिन अगाडि विज्ञापन निकाल्न सफल भएको जानकारीइ गराउदै मुख्यमन्त्रीले भन्नुभयो—‘मधेश आन्दोलनको समयमा आफुहरुले वाचा गरेकै कारण सो विधेयक पारित गरेर विज्ञापन निकालेको हो । प्रदेश प्रहरी ऐन, कर्मचारी ऐन लगायतका विधेयक प्रदेश सरकारले पारित गरिएको छ ।’
कार्यक्रमका जनता समाजवादी पार्टीका नेता एवम क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य महन्थ ठाकुरको सहभागीता रहेको थियो । कार्यक्रमकाबीच जनता समाजवादी पार्टीका वरिष्ठ नेता महन्थ ठाकुरले प्रदेश सरकारलाई सम्पूणर् अधिकार प्राप्ति नभएकै कारण प्रदेश सरकारले सोचे अनुसारको विकास गर्न नसकेको धारणा राखेका हुन । प्रतिनिधीसभा सदस्य समेत रहेका नेता ठाकुरले संघीय सरकारको असहयोगको कारण प्रदेश सरकार चाहेर पनि जनभावना अनुरुप विकास निर्माणको पथमा अगाडि बढन नसकेको तर्क राख्नुभएको हो ।








































































































