• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

२२ शय्याको सर्प दंश उपचार केन्द्र आजदेखि


२२ शय्याको सर्प दंश उपचार केन्द्र आजदेखि

अजय कुमार झा
जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्प दंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
सर्प दंशका कारणले कतिपयको ज्यान गइरहेको बेलामा २२ शय्याको सर्प दंश उपचार केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।
सर्प दंश उपचार केन्द्रको भवन निर्माण संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी )ले गरेको छ भने क्षिरेश्वरनाथ नगरपालिकाले उपकरण तथा सञ्चालनको व्यवस्थापन गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिनु भएको छ ।
युएनडिपीको १ करोड २० लाख लगानीमा भवनको निर्माण भएको छ भने उपकरण, शय्यासहितका अन्य व्यवस्थापनमा नगरपालिकाको १ करोड गरेर २ करोड २० लाखको लागतमा सर्प दंश उपचार केन्द्रको निर्माण भएको छ ।
निःशुल्क रुपमा सर्प दंशको उपचार गर्ने नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले जानकारी दिनुभयो । साथै सर्प दंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ ।
सर्प दंश उपचार केन्द्रको उद्घाटन गर्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले सर्प दंश उपचार केन्द्रले यस क्षेत्रका जनतालाई अनिकाल मृत्यु हुनबाट जोगाउनका लागि प्रभावकारी उपचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश नंं २ विषालु सर्प बस्ने प्रदेश भएका कारणले प्रदेशमा नै एन्टिभेनम खोपको उत्पादनका लागि प्रदेश सरकार अगाडी बढेको बताउनुभयो । उहाँले सर्प दंश उपचार केन्द्रको सञ्चालन, सरसफाइ तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले सर्प दंश उपचार केन्द्रको सञ्चालनका लागि तत्काल १५ लाख तथा वार्षिक रुपमा १० लाख रकम नगरपालिकाले प्रदान गर्ने बताउनुभयो ।
सर्प दंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले बोल्नु भएको थियो ।
खास गरेर सर्प दंश उपचार केन्द्र धनुषाको महेन्द्रनगरमा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी तथा सिराहा जिल्लाका अतिरिक्त सीमावर्ती भारतका जनताले पनि निःशुल्क उपचार पाउने भएका छन् ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२६ मंसिर २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२६ मंसिर २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२६ मंसिर २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२६ मंसिर २०७७, शुक्रबार
Next Post
नेकपाकै मन्त्रीले किन भत्काइयाे स्व. श्री रामवृक्ष यादवको सालिक ?

नेकपाकै मन्त्रीले किन भत्काइयाे स्व. श्री रामवृक्ष यादवको सालिक ?

ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh