महोत्तरी, मंसिर २४ गते ।
महोत्तरी, गौशाला नगरपालिका १२ स्थित गैरीटोलमा संचालन हुने गौशाला प्राविधीक शिक्षालयका लागि १० कटठा जग्गा निःशुल्क रुपमा प्राप्त भएको छ । स्थानिय पुराना बामपन्थी नेता महेन्द्रलाल लामाले निःशुल्क रुपमा १० कटठा जग्गा शिक्षालयको लागि उपलब्ध गराएको हो ।
सो जग्गा सोमबार मालपोत कार्यालय जलेश्वरबाट शिक्षालयको नाममा दर्ता समेत भईसकेको गौशाला नगरपालिका वडा नं. १२ का अध्यक्ष कृष्ण वहादुर विकले बताएका छन । जग्गा प्राप्ति भएपछि अव गौशाला प्राविधीक शिक्षालयको कामकाज तीव्र गतिमा अगाडि बढने वडाअध्यक्ष विकले जानकारी दिएका छन ।
यस अघि पनि वामपन्थी नेता लामाले विभिन्न समयमा आएर समाजसेवाका लागि निःशुल्क रुपमा सहयोग प्रदान गर्दै आएका थिए ।








































































































