जनता समाजवादि नेताको “समाजवादि स्वास्थ्य निति” को कार्यन्वयन थालिएको छ वा मा. उपेन्द्र यावदको आफ्नो कार्यकालको “जनस्वास्थ्य ऐन २०७५” “राष्ट्रिय स्वास्थ्य निति २०७६” कार्यन्वयनमा आएको छ ।
“जनस्वास्थ्य ऐन २०७५” पास गराउने मात्र होईन, आकष्मिक उपचार सेवा सर्ब सुलभ गराउन, गांउगांउमा, सबै वडामा एक “आधारभूत स्वास्थ्य केन्द्र” र ७५३ पालिकामा “एक १५ बेड प्राथमिक अस्पताल” स्थापना र प्रत्येक प्रदेश मातहतमा रहेका जिल्ला अस्पतालहरुलाई ५० बेड देखि २०० बेड सम्मको गुणस्तरिय जनरल तथा प्रादेशिक बिशेषज्ञ अस्पतालमा स्तरउन्नति गर्ने लगायत, हरेक प्रदेशमा कम्तिमा एक बिशेषज्ञ सेवा प्रवाह गर्ने बिशिष्ठकृत अस्पताल तथा मेडिकल कलेज संचालन गर्ने भनि नितिमा प्रष्ट पारेर यो “राष्ट्रिय स्वास्थ्य निति २०७६” आफ्नो कार्यकालमा मा. उपेन्द्र यावदले पास गराएर कार्यन्वन थाल्नु भएको थियो ।
आकष्मिक उपचार सेवा तथा आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने र “बिशिष्ठकृत सेवा” बिमा मार्फत सर्ब सुलभ बनाएर जनतामा समाजवादि छबि बन्न जाने देखिए पछि, वहांलाई बिना सल्लाहा कानुन मंन्त्रालय सरुवा गरिएको थियो ।
हामि सरकारबाट हटेपछि, सो कार्यन्वयनमा धेरै ढिलाई गरिएको थियो । कोरोना महामारिले बाध्य भए पछि बल्ल कार्यन्वयन थालिएको छ । तर पनि, जस्को निति उस्को नेत्रृत्व नभए सम्म धेरै आसा नगरौ ।










































































































