• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका


बालिका बल्कारकाे अाराेपमा एक जना पक्राउ

भोला पासवान,
सप्तरी
नवराज मैनाली,
महान्यायाधिवक्ता र प्रहरीको तथ्यांकअनुसार दिनमा ६ महिला बलात्कृत हुन्छन् । जसमा बलात्कृत बालिकाको संख्या डरलाग्दो गरी बढिरहेको छ । वर्ष ०७०/७१ मा ५५९ बालिका बलात्कारको सिकार भएका थिए, गत वर्ष यो संख्या १,३९३ पुगेको छ ।
बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् ।
महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६/७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।
हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०/७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ ।
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आव ०७५/७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् । त्यस्तै, आव ०७४/७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३/७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ ।
आव ०७२/७३ मा देशभर एक हजार ६ सय ५५ महिला बलात्कृत भएका थिए, त्यसमध्ये ६ सय ३५ बालिका छन् । ०७१/७२ मा पीडित बनेका एक हजार ६ सय १५ महिलामध्ये ६ सय ४७ बालिका छन् । त्यस्तै, ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार बनेका थिए, जसमा तीन सय ९६ बालिका रहेको महान्यायाधिवक्ता कार्यालयको तथ्यांक छ ।
गत वर्ष बलात्कृत एक हजार तीन सय ९३ बालिकामध्ये दुई सय ७३ जना १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १६ वर्षसम्मका आठ सय एक र १७ देखि १८ वर्ष उमेर समूहका तीन सय १९ जना बलात्कृत भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा तीन सय १९ र सबैभन्दा कम कर्णालीमा ८१ बालिका बलात्कृत भएका छन् । त्यस्तै, लुम्बिनीमा दुई सय ३४, प्रदेश २ मा दुई सय चार, बागमतीमा एक सय ६५, काठमाडौं उपत्यकामा एक सय ३७, सुदूरपश्चिममा एक सय २९ र गण्डकीमा एक सय २३ बालिका बलात्कारको सिकार भएका छन् ।
चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् । साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७५/७६ मा बलात्कारपछि हत्याका ११ घटना भएका थिए । त्यस्तै, आव ०७६/७७ मा दुई र चालू आवमा एक बलात्कारपछि हत्या घटना भएको प्रहरीको तथ्यांक छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय रूपमा ‘ओरेन्ज द वल्र्ड : फन्ड, रेस्पोन्ड, प्रेभेन्ट, कलेक्ट’ नारा दिइएको यो अभियानमा नेपालमा भने ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नारा दिएर मनाइँदै छ । महिलाविरुद्ध हुने हिंसा, विभेद, अन्यायको अन्त्य गर्ने अभियानका रूपमा विश्वभर हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान मनाउने गरिएको छ । यो अभियानको उद्देश्य महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु नै हो । यो अभियानका क्रममा लैंगिक हिंसाविरुद्ध जनचेतना जगाउने कार्यक्रम गरिँदै आएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१३ मंसिर २०७७, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१३ मंसिर २०७७, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१३ मंसिर २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१३ मंसिर २०७७, शनिबार
Next Post
धार्मिक, साँस्कृति सम्पदाहरुको संरक्षणमा सरकार प्रतिबद्ध, मुख्यमन्त्री राउत

धार्मिक, साँस्कृति सम्पदाहरुको संरक्षणमा सरकार प्रतिबद्ध, मुख्यमन्त्री राउत

छोरी बलात्कारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ

छोरी बलात्कारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh