रौतहट
राैतहटकाे यमुनामाई जेठरहिया सुकदेव चौकस्थित
स्व.सुकदेव साह कानुको निर्मित शालिकको विधिवतरुपमा एक भब्य समारोहकाबीच उदघाटन गरिएकाे छ ।शालिककाे उदघाटन प्रदेश-२ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री माननीय_योगेन्द्र_यादव ज्युले गर्नुभएकाे छ । उहाले शालिकमा मालाअर्पण गरि उहाकाे सम्झनामा शालिक बनाउन लागेकाे बताउनु भाे । लगभग ५० बर्ष पुर्व स्व.सुकदेव साह कानुको अथक प्रयासबाट शुरु भएका सुकदेवचौकको बिस्तारले अाज बिकसितरुप लिएको छ। साथै वहाको नामबाट उक्त चौकको समेत नामाकरण गरिएको छ। वहाको सम्मान स्वरुप ४० लाखको लागतमा स्व सुकदेव प्रवेशद्वार जेठरहिया निर्माण हुने भएको छ।साथै अायोजकले वहाको धर्मपत्नीलाई दोसाला अोढाई सम्मानसमेत गरेका छन । वडा अध्यक्ष नन्दलाल यादवको अध्यक्षतामा सम्पन्न शालिक उदघाटन कार्यक्रममा माधवनारायण नपाका मेयर बिरेन्द्र यादव , यमुना माई गापाका अध्यक्ष चन्द्रिका मुखिया समेतको उपस्थिति रहेको थियो।











































































































