नितेश यादव
जनकपुरधाम, कात्तिक ८ गते ।
धनुषाका केही शक्तिपीठमा प्रशासनको निर्णयलाई अवज्ञा गर्दै बोका बली दिदै आएको छ । विजयादशमीको महाअष्टमीका दिन प्रत्येक वर्ष दूर्गा भगवती तथा राजदेवी मन्दिरमा चढाइने बोका बली यो वर्ष कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका मुख्य शक्तिपीठ राजदेवी मन्दिर लगायत जिल्लाका सबै शक्तिपीठहरुमा नचढ्ने निर्णय गरेपनि धनुषाका कतिपय शक्तिपीठमा बोका बली दिइएको देखिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको राजदेवी मन्दिरमा एका बिहानैदेखि बोका बलि चढाउनेहरुकाे भिड देखिएको छ । शनिबार रमदैयाको राजदेवी मन्दिरमा बोका बली दिन जिल्लाका विभिन्न स्थानबाट सयौंको संख्यामा श्रद्धालु भक्तजनको भिडभाड रहेको थियोे ।
शनिबार बिहानैदेखि बस, ट्याक्टर, जीप र मोटरसाइकल सहितको गाडीमा चढेर आएका श्रद्धालु भक्तजनले बोका बली दिनका लागि लाइनमा बसेको बताइएको छ । रमदैया भवाडीस्थित राजदेवी मन्दिरको अगाडिमै रहेको ढल्केवर-जनकपुर सडकखण्ड बोका बलीले रगतमय बनेको छ । बोका बलीले सडक रगतमय बनेकोले मन्दिर दर्शन गर्न जाने भक्तजनलाई हिडडुल गर्न समेत असहज भइरहेको छ ।
त्यस्तै, जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिर समितिले पनि बोका बली चढाउने तयारीमा रहेको छ । अहिले प्रशासनले आदेश दिएको छैन, भोलि ११ बजेदेखि चढाउने तयारीमा रहेको छु ।
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले झण्डै एक हप्ता अगाडि सूचना जारी गर्दै यस वर्ष धनुषाका सबै शक्तिपीठमा बोका बली नचाढाइने निर्णय गरेको थियोे ।
गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाका सबै शक्तिपीठहरुमा भीडभाड गरेर पूजापाठ नगर्न आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी गराएका थिए ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीडीओ भट्टराईले जनकपुरका मुख्य राजदेवी मन्दिरमा बोकाको सट्टा कुभिण्डो बलि चढाइ क्षमा पूजा गर्न आग्रह गरेका थिए । तर, सोही निर्णयलाई अवज्ञा गर्दै जिल्लाका विभिन्न शक्तिपीठहरुमा बली चढाउने कार्य शुरुभइसकेका छन ।
टुडेपाटी डटकम









































































































