“हामी धनी भएर हामीसँग धेरै सडक भएको होइन कि हामीसँग धेरै सडक भएर हामी धनी भएका हौं “ अमेरिकाका एक भूतपूर्व राष्ट्रपतिले भनेका थिए यस भनाइबाट हामीले राम्ररी बुझ्न सक्छौं कि पूर्वाधार मध्ये सडक पूर्वाधारको महत्त्व कति धेरै छ |
सधारण भाषामा एक ठाउँबाट अर्को ठाउँमा पुग्नको लागि भू धरातल को अवरोध हटाउन बनाइएको / बनेको रेखांकनलाई सडक बाटो भनिन्छ |नेपालमा पहिलो पटक वि.सं.१९७८ सालमा बेलायती राजकुमार एडवर्डले चितवनको कसरा शिकार खेल्न आउँदा भारतबाट मोटरमा आएका थिए | मानिसलाई बोकेर सडकमा गुडने गाडीलाई मानिसले बोकेर ल्याएको कुरा सुन्दा अहिले हामीहरुलाई अचम्म लाग्न सक्दछन । इतिहास खोज्दै जाने हो भने यस्ता अचम्म हुने कुराहरु धेरै भेटिन्छन । नेपालमा राणा शासनकालमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्योउने गरिन्थयो ।बि.स.२०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा मानिसहरुले बोकेर गाडी भित्राउने गरिन्थ्यो । राणा कालमा नेपालमा मानिसले बोकेर गाडी भित्राउने झण्डै ३० भन्दा बढी वटा साना गाडी थिए ।सडक सम्बन्धी कार्यको लागि राणाकालदेखि नै बाटोकाज गोश्वारा र छेग्मादेल , नयाँ बाटो काज गोश्वारा र पुरानो बाटो काज गोश्वारा जस्ता अड्डाहरु थिए । नयाँ बाटो काज गोश्वारा र पुरानो बाटो काज गोश्वारा मर्ज गरी २००७ सालमा प्रजातन्त्र बहालि पछि Public Work Department (PWD) को स्थापना सिंहदरबारमा भयो जतिबेलासम्म ३ सय ७६ किलोमिटर सडक निर्माण भइसकेको थियो ।
राजा महेन्द्रले २०१८ सालमा नवलपरासी जिल्लाको गैडाकोटमा पूर्व–पश्चिम राजमार्गको शिलन्यास गरेका थिए । राजमार्गको कुल लम्बाई १०२७.६७ किलोमिटर रहेको छ । बिना बजेट शिलन्यास गरिएको सडक निर्माण गर्न भारत लगायत जापान, अमेरीका, ब्रिटिस र रुस संग सडक निर्माणकोलागी सहयोगको लागी आग्रह महेन्द्रले गरेका थिए । त्यसपछि मात्र विसं २०२७ सालमा सडक विभाग को स्थापना भएको हो ।आ.व. २०७५/७६ सम्ममा रणनीखिक सडकको लम्बाइ १३,४४८ किमि पुगेको छ । सोमध्ये ६,९७९ किमि कालोपत्रे, २,२७७ किमि खण्डास्मिथ र ४,१९२ किमि धूलोमाटे सडक रहेको छ ।सरकारले सन् २०३० सम्ममा ७ लाख किलोमिटर सडक निमार्ण गर्ने दिर्घकालिन योजना अगाडी सारेको छ ।नेपालको जत्तिकै क्षेत्रफल रहेको बङ्गलादेशमा तीन लाख किलोमिटर सडक निर्माण भईसकेको छ भने नेपाल भन्दा आधा सानो श्रीलङ्कामा पनि तीन लाख किलोमिटर सडक सञ्जाल तयार भईसकेको छ ।
रणनीति सडक बाहेक तत्कालिन स्थानिय पुर्वाधार विकास तथा कृषि सडक विभाग विभागले झण्डै 75 हजारको हाराहारीमा बाटो निर्माण गरेका छन् ।विसं 2072 सालपछि संघीयता लागु भएसँगै प्रदेश सरकार तथा स्थानीय सरकारहरुले पुर्वाधार विकासमा सडकको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले सडकको द्रुत रुपमा विकास भइरहेको छ। लगभग 10 देखि 15 हजारको हाराहारीमा प्रदेश तथा स्थानीय सरकारले बाटो निर्माण गरिसकेका छन् । जसमध्ये हिमाली क्षेत्रमा बढी ट्रयाक खोल्ने सोलिङ गर्ने र ग्राभेल गर्ने तथा माटोको काम बढी भएको छ भने पहाडमा पक्की सडक ग्राभेल तथा ट्रयाक खोल्ने सोलिङको काम काम भएको छ भने तराईमा प्राय खण्डास्मिथ (ग्राभेल) र पक्की सडकको काम भएको छ। त्यसमा पनि 80 प्रतिशत जति प्राय ढलानको काम गर्ने गरेको छ। देशको आधा भन्दा बढी पालिका तथा स्थानीय सरकार तराई क्षेत्रमा अवस्थित छन् ।बर्षात भएमा डुबानको समस्या हुने भएकोले कालोपत्रे नटिक्ने भएकोले Plain Cement Concrete (PCC) र Renforcement Cement Concrete (RCC) अर्थात बाटोको ढलानका काम बढी भएको देखिन्छ ।
एउटा पालिकाले औषतमा 5 देखि 10 किमि पक्की ढलान बाटो निर्माण भएको तर बिडम्बना त्यसमध्ये प्रायजसो बिना ईन्जिनियरिङ्ग डिजाइनको उपभोक्ता समितिबाट निर्माण भएको देखिन्छ। संघीयता कार्यान्यवन पहिलो फेजको स्थितिमा रहेकोले स्थानीय सरकार तथा प्रदेश सरकारसँग दक्ष प्रविधीकको समस्या रहेको जगजाहेर नै छ । प्राय विकासे काम आर्थिक मसान्तको अन्त्य तिर हुने उपभोक्ता समितिमा नाफामुखी तथा व्यवसायी भई ठेक्का पट्टामा लगाउने, प्रभुत्ववर्ग उपभोक्ता समितिमा बसी खेतालालाई काममा लगाउने, आफैँ कार्य क्षेत्र भन्दा कार्यालय बढी धाउने, पेश्कि लिने हराउने जस्ता विडम्ना पर्याप्त छन् ।
विगतमा वर्षायाममा सडकमा पानी जमेर तथा हिलोले गर्दा घरबाट बाहिर निस्किने स्थिति नहुनु बाटोमा नै बच्चा , साना जीवजन्तु , साइकल, मोटरसाइकल सानो कार डुब्ने गरी पानी तथा हिलो हुनु , चिप्लेर खस्नु, चोटपटक लाग्नु जस्तो समस्या को समाधान सडक ढलानले गरिसकेका छन्।तापनि सडक ढलान कार्यबाट उत्पन्न हुने केही समस्याहरु यसरी उल्लेख गर्न सकिन्छ।
1. ढलान कार्यले सबैभन्दा बढी सिमेन्टको प्रयोग गर्छन् जसले गर्दा सिमेन्ट उत्पादन गर्दा Carbon Dioxide निस्किन्छ यसले वातावरण र काम गर्ने मान्छेको स्वास्थ्यमा नराम्रो असर गर्दछ।
2. सिमेन्टपछि बालुवा र गिट्टीको प्रयोग बढी हुन्छन् जसले गर्दा नदीनालाको अप्राकृतिक रुपमा प्रयोगगरी प्राकृतिक स्रोतको दोहन भएको छ जसले गर्दा बाढीले बस्ती बगाउने धार परिवर्तन गर्ने जस्ता समस्या देखिएका छन्।
3. ढलानको निर्माण कार्य गर्दा पहिला भएको सडक बाटो मा लगभग 30 देखि 100 सेन्टिमिटर को उचाईमा काम गरेको देखिन्छ जसले गर्दा पानीको उचित निकास नभई घरघरमा पानी पस्ने, घर खस्ने तथा भत्किने , लामखुट्टे बढ्ने लगायत बाट बर्सेनि करोडौँ भौतिक र जनस्वास्थ्यमा प्रत्यक्ष / अप्रत्यक्ष रूपमा ठुलो नोक्सानी गरेको छ ।मानव विकासक्रम सुचाङ्क र गरिबीमा पछाडि परेको जनता थप गरीबी रेखा मुनि पर्नेछ ।
4. ढलानकोको छेत्रफल बढ्दै गयो भने पानी जमीनभित्र छिर्ने बाटो कम भई जमिनको सतह मुनिको पानी (Ground Water Table) सुक्दै जान्छ जसले गर्दा सिचाई तर खानेपानीमा ठूलो धक्का पर्छ साथै सूर्यबाट आएको ताप / प्रकाशको Reflection मा बृधि अर्थात् सोस्ने भन्दा फर्काउने मात्रा वृद्धि भई तापक्रममा वृद्धि भएर गर्मी बढछ ।
सडक ढलान कार्यलाई यस प्रकारले मितव्ययी तरिकाले प्रयोग गर्न साकिन्छ ।
1. पालिकाको यातायात गुरुयोजना अनुसार पक्की ढलान हुने सडकहरुको छुट्याउने, ती सडकहरुको प्रारम्भिक प्राविधिक अध्ययन गर्ने, लागतको लगभग रकम को हिसाब गर्ने र सोहीअनुसार पालिकाले आफ्नो वार्षिक कार्यक्रम नीतिनिर्माण तथा कार्ययोजना मा समावेश गर्ने अर्थात सकेसम्म रकम छुट्याएर काम होईन , काम अनुसारको रकम छुटाउने व्यवस्था हुनुपर्ने ।
2. रकम छुट्याइ सकेपछि बाटोको विस्तृत सर्बे गरी Material Survey, माटो परिक्षणको काम गर्ने, तापक्रम , पानीको निकास जस्ता कुरामा ध्यान दिएर विस्तृत डिजाइन गर्ने वा गराउने, विस्तृत नक्सा तथा डिजाइन बाट विस्तृत भागत अनुमान निकाल्ने ।
3. सडक ढलान बाटो बनाउँदा शाखा बाटोहरु तथा घर भन्दा माथि उचाईमा हुने जसले गर्दा पानीको निकास नभई वर्षायाममा सडक सुख्खा भई घरभित्र र शाखा सडकमा पानी जम्ने हुन्छन् ।त्यसैले सडकको ढलान सँगै नालीको व्यवस्था अनिवार्य गर्ने गराउने नालीको व्यवस्था गर्दा चौडाइ नपुग्ने भएमा सडकको एक तिर को साइडमा भए पनि टिक टाइपको नाली राख्न सकिन्छ साथै यस्तो पानी कृषि तथा अन्य क्षेत्रमा प्रयोग गर्ने व्यवस्थापन पनि गर्न सकिन्छ।
4. डिजाईन अनुसारको सिमेन्ट, वालुवा, गिट्टी र पानी राखी सबै राम्री मिक्स हुनुपर्छ प्राय कामदारले साजिलोको लागि बढी पानी हाल्छ र राम्री मिक्स गर्दैन जसले ढलान कमजोर हुन्छ ।ढलान गरेपछि २८ दिनसम्म ढलानमाथि जुट राखेर दिनमा कम्तिमा ३ चोटी पुरै भिज्ने गरि पानी हाल्नुपर्ने हुन्छ ।
5. सबग्रेड को CBR 8% भन्दा कम भएमा कुनै तरिकाबाट Soil Stablize गरे पछि मात्र ढलानको काम गर्ने तथा ४० डिग्री भन्दा बढी र १० डिग्री भन्दा कम तापक्रम मा ढलानको काम बन्द गर्ने ।
6. सडकको ढलान कार्य गर्दा Contraction Joint र Expansion Joint आवश्यकता अनुसार दिनुपर्छ । 4 देखि 5 मिटरको दूरी नबढ्ने गरी Expansion joint राख्नुपर्छ र यसको यसको Spacing 20 mm , Contraction joint 3-5mm upto 0.33H From upper skin , HDPE Stripes dowel bar, Granular layer for drainage राख्ने तथा थप कुरा IRC 58:2015 IRC SP 62:2014 अनुसारको काम गर्नुपर्छ ।
7. सडकको ढलान कार्य सँगै छेउमा तथा वस्तीमा खुल्ला र खाली वृक्षारोपण अनिवार्य गर्नुपर्छ।
सडकको ढलान औसत आयु 30 बर्ष हुने गर्दा सुरुमा आर्थिक व्यवहार बढी पर्ने भएपनि पुरै आयु प्रयोग गर्न सक्यो भने सस्तो हुन जान्छ । आवश्यकता अनुसारको प्राविधिक व्यवस्था, तिनिहरुलाई समय समयमा तालिम लागत अनुमान, डिजाईन, ड्रईङ्ग, आवश्यकता अनुसारको मशीन प्रयोग, परिमाण अनुसारको कार्य र प्राकृतिक सम्पदालाई मितव्यीय प्रयोग गर्दै अगाडि बढेमा सुनमा सुगन्ध थपिने थियो होला ।
ई. भरत कुमार यादव
[email protected]








































































































