• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सरकारले संविधान संशोधनका लागि कार्यदल बनाएकोमा मधेस केन्द्रित दल सकारात्मक


सरकारले संविधान संशोधनका लागि कार्यदल बनाएकोमा मधेस केन्द्रित दल सकारात्मक

Oplus_16908288

काठमाडौँ । सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको संविधान संशोधन कार्यदललाई मधेस केन्द्रित दलहरूले सकारात्मक रूपमा लिएका छन् । संविधान जारी भएदेखि नै मधेस केन्द्रित दलहरूले अपूर्ण भएको भन्दै संशोधनको माग गर्दै आएका थिए ।

संशोधनको बुँदामा आफूहरूका एजेन्डा पर्छन् कि पर्दैनन् भन्ने कुरा हेर्न बाँकी रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बताउँछन् । ‘संविधान संशोधनका लागि नै आफूहरुले थुप्रै संघर्ष गरेको, त्यसकै लागि जेलनेल भोग्यौं,’ चौधरी भन्छन् । नयाँ सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गर्नु सकारात्मक रहेको उनको भनाइ छ ।

संविधान संशोधन के-के विषयमा हुने भन्ने हेर्न बाँकी रहेको र त्यसका लागि आफूहरूसँग राय लिइन्छ कि लिइँदैन भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको चौधरी भन्छन् । उनले आफूहरुले उठाउँदै आएको माग संविधानमा उल्लेख भएमा खुलेर स्वागत गर्ने बताए ।

मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी लगायतले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर आन्दोलन समेत गर्दै आएका थिए ।

जनमत पार्टीका महासचिव तथा  मधेस प्रदेशसभा सदस्य चन्दन सिंह पनि संविधान संशोधनका लागि सरकारले लिएको निर्णण स्वागतयोग्य रहेको बताउँछन् ।

‘संविधान कमजोर छ, यसलाई बलियो बनाउनुपर्छ भनेर हामीले सुरूदेखि नै भन्दै आएका थियौं । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुका साथै अन्य अधिकार र पहिचानका कुरा समावेश गर्नु, त्रुटिहरुलाई मिलाउने काम भयो भने हामीले यसलाई स्वागत गर्छौ,’ उनी भन्छन् । तर संविधान संशोधन गर्दा सरकारले सर्वपक्षीय छलफल गर्नुपर्ने र कार्यदललाई समावेशी बनाउनुपर्नेमा उनको सुझाव छ ।

हरेक सरकारसँग सम्झौता गर्दा मधेस केन्द्रित दलहरूको मुख्य माग नै संविधान संशोधन हुने गरेको छ । तर हालसम्मका कुनै सरकारले संविधान संशोधन गर्न सकेका छैनन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्छ भन्ने प्रस्ताव तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रस्ताव लैजाँदा उनी सरकारबाटै बाहिरिनु परेको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरबिच पाँच सदस्ययीय संविधान संशोधन गर्ने कार्यदल गठन गर्ने सहमति नै भएको थियो ।

पछि ओली नेतृत्वको सरकार ढल्यो । जसपा नेपाल पनि विभाजन भयो । २०८१ मा एमाले र कांग्रेसबिच गठबन्धन हुँदा भएको सम्झौतामा संविधान संशोधनलाई प्राथमिकतामा राखिएको थियो । यसका लागि तत्कालीन सरकारमा रहेका कांग्रेस र एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको थियो ।

तर सरकारले संविधान संशोधनको विषयमा आफूहरूसँग कुनै सल्लाह नगरेको भन्दै मधेस केन्द्रित केही असन्तुष्ट बनेका छन् । जसपा नेपालका केन्द्रीय समन्वय समितिका सदस्य डा. सुरेन्द्रकुमार झाले संविधान संशोधनका लागि मधेसबाट ३५ जनाले सहादत दिएकाले सरकारले निर्णय गर्नु स्वागतयोग्य बताए । आफूहरुको माग अनुसार यो सरकारले संविधान संशोधन गर्‍यो भने सबभन्दा खुसी आफूहरु हुने उनको भनाइ छ । ‘तर अहिले गठन गरेको कार्यदलका संयोजक संविधान विज्ञ होइनन्, त्यसका जानकार होइनन् । अर्को कुरा त्यसमा कस्ता-कस्ता व्यक्तिलाई राखिनेछन् त्यो प्रमुख कुरा हो,’ उनी भन्छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

रवि लामिछाने र महन्थ ठाकुरबिच भेटवार्ता

१७ चैत्र २०८२, मंगलवार
Next Post
महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh