• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध


एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

गेपाल झा , महोत्तरी , चैत्र ४ गते ।

 स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अघि सारिएको “प्रत्येक वडामा एक स्वास्थ्य संस्था” भन्ने सरकारी अवधारणालाई मूर्त रूप दिँदै एकडारा गाउँपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । यससँगै उक्त वडाका बासिन्दाहरूले अब आफ्नै वडाबाट प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने भएका छन् ।    वडामा आयोजित एक विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

     उद्घाटन पश्चात समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाले त्यसलाई व्यवहारमा उतार्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडावासीलाई सामान्य स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न यो सेवा केन्द्र स्थापना गरिएको हो । आगामी दिनमा यसलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउँदै लैजानेछौ ं।”

     उहाँका अनुसार हाल उक्त स्वास्थ्य केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना अनमी, एक जना कार्यालय सहयोगी लगायत गरी तिन जनाको दरबन्दी व्यवस्था गरिएको छ । यस सेवा केन्द्रबाट सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन परामर्श लगायतका आधारभूत सेवाहरू प्रदान गरिनेछ ।     अध्यक्ष मण्डलले आगामी योजनाबारे जानकारी दिँदै समय–समयमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परामर्श सेवा सञ्चालन गरिने तथा निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरिने बताउनुभयो । यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा यस वडाका नागरिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

     कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नबल किशोर साहले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएकोमा खुसी व्यक्त गर्दै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच दुबैलाई सुदृढ बनाउन स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।   त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डलले यसअघि गाउँपालिकाका ६ वडामध्ये ५ वटामा स्वास्थ्य संस्था सञ्चालनमा रहेको र अब वडा नं. १ मा समेत सेवा सुरु भएसँगै सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार भएको जानकारी दिनुभयो । उहाँले यस उपलब्धिलाई गाउँपालिका नेतृत्व, जनप्रतिनिधि तथा स्थानीय समुदायको सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गर्नुभयो ।

     कार्यक्रममा वडा अध्यक्ष मनोज मण्डलले पनि आफ्नो धारणा राख्दै आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनले वडावासीको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीयवासीलाई उपलब्ध सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।     स्थानीयवासीहरूले समेत स्वास्थ्य केन्द्र स्थापना भएपछि समय, खर्च र श्रमको बचत हुने भन्दै खुसी व्यक्त गरेका छन् । विगतमा सामान्य स्वास्थ्य सेवा लिन समेत अन्य स्थान धाउनुपर्ने बाध्यता रहेको अवस्थामा अब आफ्नै वडामा सेवा उपलब्ध भएपछि नागरिकको स्वास्थ्य सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।

    प्रत्येक वडामा स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको नीतिअनुसार स्थापना गरिएको यो सेवा केन्द्रले स्थानीयस्तरमा स्वास्थ्य चेतना अभिवृद्धि, रोगको समयमै पहिचान तथा उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै, यसले समग्रमा समुदायको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

५ चैत्र २०८२, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

५ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

५ चैत्र २०८२, बिहीबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

५ चैत्र २०८२, बिहीबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh