• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल


फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

गोपाल झा , महोत्तरी, फागुन २० —

भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा मतदान केन्द्र निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र आवश्यक निर्वाचन सामग्री पुगिसकेको छ ।

जिल्ला निर्वाचन अधिकारी रन्जीता झाले मङ्गलबार दिउँसोसम्ममा जिल्लाका २५८ मतदान स्थल अन्तर्गत ५३६ मतदान केन्द्रका लागि मतदान अधिकृतहरूले सामग्री बुझेर सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभया े। मतदान केन्द्रमा पुगेका अधिकृत तथा कर्मचारीहरूले सर्वदलीय बैठक आयोजना गर्नुका साथै मौन अवधि सुरु भएको, मदिरा बिक्री–वितरण निषेध गरिएको लगायतका सूचनाहरू टाँस गर्ने काम सम्पन्न गरेका छन्।

सर्वपक्षीय बैठकपछि अधिकांश केन्द्रमा सुरक्षाकर्मी र कर्मचारीको सक्रियतामा बाँस गाड्ने, डोरी टाँग्ने, प्रवेश तथा निर्गमन मार्ग व्यवस्थापन गर्ने, मतदान कक्ष (बुथ) निर्माण गर्ने लगायतका काम धमाधम भइरहेको छ । बुधबार दिउँसोसम्म सबै मतदान केन्द्र पूर्ण रूपमा तयार पारेर मतदानका लागि तयार अवस्थामा राखिने मतदान अधिकृतहरूले बताएका छन्।         मतदान केन्द्र निर्माणसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयारीको काम पनि समानान्तर रूपमा भइरहेको छ । जस अनुसार क्षेत्र नं. १ मा बर्दीबास उद्योग वाणिज्य संघ को कार्यालय । क्षेत्र नं. २ मा बलबा नगरपालिका–७ बनौटास्थित आधारभूत अस्पतालको भवन । क्षेत्र नं. ३ मा जलेश्वरस्थित जिल्ला समन्वय समिति महोत्तरीको कार्यालय  र क्षेत्र नं. ४ को रामगोपालपुरस्थित महेन्द्र मावि भवन रहेको छ ।

क्षेत्र नं. १ का निर्वाचन अधिकृत गगनदेब महतोका अनुसार मतगणनास्थलमा तारजाली हाल्ने, सिसी क्यामेरा जडान गर्ने तथा शिलबन्दी मतपेटिका राख्ने सुरक्षित कक्ष निर्माण गरिसकिएको छ ।  क्षेत्र नं. ३ का निर्वाचन अधिकृतसमेत रहेका महोत्तरीका मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले यसअघिकै निर्वाचनमा मतगणना गरिएको जिल्ला समन्वय समितिको सभा हलमै यसपटक पनि मतगणनाको तयारी गरिएको जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नं. २ का निर्वाचन अधिकृत शोभांकर खरेलले बलबा नगरपालिका–७ बनौटास्थित आधारभूत अस्पतालको भवनमा मतगणनास्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र  क्षेत्र नं. ४ मा महेन्द्र मावि रामगोपालपुरमा मतगणना हुने जनाइएको छ ।

यस बर्ष महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिए पछि चार लाख ३१ हजार २८२ मतदता पुगेका निर्वाचन कार्यालय महोत्तरीले जानकारी दिएको छ । यसअघि ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा महोत्तरीमा तीन लाख ९७ हजार ३० मतदाता रहेको थियो ।

      निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार राति १२ बजेदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। मतदानको दिन बिहीबार राति १२ बजेसम्मका लागि सीमा नाका सिल गरिएको उहाँले बताउनुभयो।

नेपाल तथा भारतमा निर्वाचन हुँदा ७२ घण्टा अघिदेखि यसरी सीमा नाका बन्द गर्ने परिपाटी रहँदै आएको छ । नाका बन्द गरिएसँगै मङ्गलबार बिहानैदेखि जलेश्जर भिट्ठामोड सहित महोत्तरीका कुनै पनि सीमा नाकाबाट मानिस तथा सवारी साधनलाई वारपार गर्न दिइएको छैन् ।

अब मतदान सम्पन्न नहुञ्जेल बिरामी बोकेका एम्बुलेन्स र अन्य अत्यावश्यक सवारी साधनबाहेक मानिस तथा कुनै प्रकारका गाडी वारपार गर्न नपाउने प्रमुख जिल्ला अधिकारी यादबले  बताउनुभयो । सीमा नाका बन्द भएसँगै नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले नाकामा कडाइ गर्न थालेका छन् । सीमा नाका सिल गरिएकोबारे दुवै देशका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा माइकिङ गर्दै आवतजावत नगर्न सर्वसाधारणलाइ आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउने लक्ष्यसहित प्रशासनले आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२० फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२० फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२० फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२० फाल्गुन २०८२, बुधबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh