• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपेन्द्र यादवको दाबी – निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ


उपेन्द्र यादवको दाबी – निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ

सप्तरी १६, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे।

‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,- अध्यक्ष यादवले भने,- अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।’ मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश बलियो भयो भने मात्र संघीयता बलियो हुन्छ, देश पनि सुरक्षित र समृद्ध हुने बताए।

जसपा नेपालले नै मधेशको एजेन्डा, विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको जिकिर गर्दै उनले भने, ‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने, नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन्।’

विगतको संघर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए।

‘जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ ? नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने,- ‘केही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ, तर मधेशले सदियौदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन।’

जसपा अध्यक्ष यादवले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्रै होइन, यो मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्वपूर्ण निर्णायक अवसर भएको बताउदै आममतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रुपमा उदाउने अध्यक्ष यादवको दाबी छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश
अन्तर्राष्ट्रिय

पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश

१६ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

उपेन्द्र यादवको दाबी – निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ

१६ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा डा सुरेन्द्र कुमार यादवको घरदैलो तीव्र क्षेत्र नं४का मतदातासँग प्रत्यक्ष संवाद

१६ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु, मिसाइल र ड्रोन वर्षा

१६ फाल्गुन २०८२, शनिबार
Next Post

महोत्तरी–४ मा डा सुरेन्द्र कुमार यादवको घरदैलो तीव्र क्षेत्र नं४का मतदातासँग प्रत्यक्ष संवाद

उपेन्द्र यादवको दाबी - निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh