मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
अध्यक्ष यादवले भनेका छन् : ‘अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने ? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ । विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ ।
उनले मधेस जनविद्रोह केवल आन्दोलन मात्र नभएर आत्मसम्मानको घोषणापत्र भएको बताउँदै गोली, दमन र षड्यन्त्रका बिच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको बताएका छन् ।








































































































