• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पुर्ख्यौली घर पुगे बालेन्द्र , महोत्तरीबाट चुनावी यात्रालाई थप गति


पुर्ख्यौली घर पुगे बालेन्द्र , महोत्तरीबाट चुनावी यात्रालाई थप गति

गोपाल झा , महोत्तरी माघ २७ गते 

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर पुगेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश केन्द्रित चुनावी यात्रामा रहेका बालेन्द्र साह जनकपुरबाट जलेश्वर हुँदै सिधै एकडारा गाउँ आफ्‌नो पुर्ख्यौली घर पुगेर कुलदेबतालाई ढोगेका हुन् ।

यसअघि बालेन जनकपुरबाट धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम तय गरिएको थियो । तर, सुरक्षा कारण देखाउँदै अन्तिम समयमा रुट परिवर्तन गरिएको रास्वपाले जनाएको छ । रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो प्रयोग गर्दै सिधै एकडारा पुगेका थिए ।

महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि पुग्दा बालेनले गाडीमै बसेर पार्टीको चुनाव चिह्न ‘घन्टी’ बजाउँदै मतदातालाई अभिवादन समेत गरे । उक्त क्रममा उनले कुनै औपचारिक सम्बोधन भने गरेनन् । स्थानीय बासिन्दाले सडक छेउबाट हात हल्लाउँदै उनको भब्य स्वागत गरेका थिए ।

त्यसपछि बालेन आफ्नो पुर्ख्यौली घर पुगेका थिए । घरमा पुगेर उनले आफ्‌नो कुलदेउतालाई ढोग्दै परम्परागत संस्कार पूरा गरेका थिए । एकडारा गाउँपालिका कार्यालयसमेत रहेको उक्त घरका दुई वटा कोठा हाल बालेनकै परिवारले प्रयोग गर्दै आएको छ ।

रास्वपाका महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवका अनुसार बालेन सम्सीको बाटो हुँदै गौशाला पुगेका थिए । त्यहाँबाट तय रहेको कार्यक्रम आनुसार उनी आजै बर्दिवास पुगेका छन् । यादवका अनुसार धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर पुग्ने पूर्वनिर्धारित रुट सुरक्षाका कारणले रद्द गरिएको हो ।

यसै क्रममा बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत स्थगित गरिएको छ । जलेश्वर आइपुग्दा बालेनले जलेश्वरनाथ महादेवको मन्दिरअगाडि गाडीबाटै ढोग गर्दै धार्मिक आस्थाप्रति सम्मान प्रकट गरेका थिए ।         रास्वपाले मधेश प्रदेशमा चुनावी गतिविधिलाई तीव्र बनाइरहेको बेला बालेन्द्रको महोत्तरी आगमनलाई पार्टीको चुनावी अभियानका रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ । विशेषगरी महोत्तरी क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार उज्ज्वल झाको पक्षमा जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो यात्रा केन्द्रित रहेको बताइएको छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
अन्तर्राष्ट्रिय

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश

२८ माघ २०८२, मंगलवार
रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप
अन्तर्राष्ट्रिय

रास्पाकाे बरिस्ठ नेता बालेनले वीर गजेन्द्र बाबूको अपमान गरेकाेप्रति पूर्वमुख्यमन्त्रीकाे आपति

२८ माघ २०८२, मंगलवार
रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप
अन्तर्राष्ट्रिय

रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप

२८ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

२८ माघ २०८२, मंगलवार
Next Post

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप

रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh