• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक मस्जिदमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १६९ घाइते


एजेन्सी
इस्लामाबादको मस्जिदमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १६९ घाइते

काठमाडाैँ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक शिया मस्जिदमा आत्मघाती आक्रमण भएको छ। पाकिस्तानी अखबार ’द डन’ का अनुसार यस आत्मघाती हमलामा ३१ जनाले ज्यान गुमाएका छन् भने १६९ जना गम्भीर घाइते भएका छन्।

घटनालगत्तै प्रहरी र उद्धार टोलीले घटनास्थल पुगेर राहत कार्य सुरु गरेका छन् भने घाइतेहरूलाई अस्पताल पुर्‍याउन राजधानीका सबै अस्पताललाई उच्च सतर्कतामा राखिएको छ। विस्फोटपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै इस्लामावादका प्रहरी प्रमुखले सङ्कटकाल घोषणा गरेका छन्।

हालसम्म कुनै पनि आतङ्कवादी समूहले यस बीभत्स घटनाको जिम्मेवारी लिएको छैन तर हताहत हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निर्दोष मानिसहरूलाई निशाना बनाउनु मानवता विरुद्धको अपराध भएको बताएका छन्। उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई कडा निर्देशन समेत दिएका छन्।

मन्त्री डा. तारिक फजल चौधरीले पनि सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै यस्ता आततायी क्रियाकलापले देशको हौसला तोड्न नसक्ने उल्लेख गरेका छन्। उनले शान्तिका लागि सबैलाई एकजुट हुन र सुरक्षा निकायलाई साथ दिन अपिल गरे।

पाकिस्तानमा पछिल्लो समय आतङ्कवादी गतिविधि तीव्र बनेको छ। यसअघि नोभेम्बर २०२५ मा पनि इस्लामावादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाले ज्यान गुमाएका थिए।
ग्लोबल टेररिज्म इन्डेक्स २०२५ का अनुसार पाकिस्तान विश्वकै दोस्रो सबैभन्दा बढी आतंकवाद प्रभावित देश बनेको छ। सन् २०२४ मा चौथो स्थानमा रहेको पाकिस्तान अहिले बुर्किना फासोपछि दोस्रो स्थानमा उक्लिएको हो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२५ माघ २०८२, शनिबार
पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै मधेस केन्द्रित दलहरू
अन्तर्राष्ट्रिय

पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै मधेस केन्द्रित दलहरू

२५ माघ २०८२, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

२५ माघ २०८२, शनिबार
दुर्गा प्रसाईं फेरि समातिए
अन्तर्राष्ट्रिय

दुर्गा प्रसाईं फेरि समातिए

२५ माघ २०८२, शनिबार
Next Post

कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh