• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै मधेस केन्द्रित दलहरू


पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै मधेस केन्द्रित दलहरू

Oplus_16908288

काठमाडौँ । जेनजी आन्दोलनपछि फागुन २१ मा हुन गइरहेको चुनावमा अधिकांश दलहरू घोषणापत्र बिना नै होमिएका छन् । विभिन्न आश्वासन दिएर दलहरूले मतदातालाई रिझाउने काम गरिरहेका छन् ।

देशैभर वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी सबै दलका लागि चुनौती बनेको छ । यस अवस्थामा तराई-मधेस केन्द्रित दलहरू पनि मतदातालाई फकाउन आ-आफ्ना एजेन्डा र प्रतिबद्धताहरू अघि सारिरहेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जसपा नेपाललाई भोट किन ?’ भन्दै १२ वटा कारण अघि सारेर मतदातालाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ भने जनमत पार्टीले पनि पुरानै एजेन्डा तथा मुद्दाहरू अघि सारेर जनतालाई फकाउने काम गरिरहेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले पनि पहिचानको मुद्दा अघि सारेर मतदातालाई आकर्षित गर्ने काम गरिरहेका छन् ।

त्यसमा सबै दलको साझा एजेन्डा र मुद्दा भनेकै संविधान संशोधन हो । जसपा नेपाल र जनमत पार्टीले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले संविधान संशोधन होइन, पुनर्लेखन नै गर्नुपर्ने बताइरहेका छन् ।

पहिलो र दोस्रो मधेस जनविद्रोहले मधेसी पहिचान, समान अधिकार र राज्य पुनर्संरचनालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्‍याएको र त्यसको नेतृत्व जसपा नेपालले गरेको उक्त दलको दाबी छ । मधेसलाई मरुभूमीकरणतर्फ धकेल्ने उद्देश्यसहित ल्याइएको भूमि विधेयक जसपा नेपालकै अडानका कारण फिर्ता भएको भन्दै सो पार्टीले चुनावमा यसलाई विशेष रूपमा उठाइरहेको छ । नागरिकताको समस्या समाधान पनि जसपा नेपालले नै गरेको दाबी मतदातासमक्ष गरिएको छ । साथै, जसपा नेपालले सरकार र सत्तालाई कहिले पनि प्राथमिकतामा नराखेको दाबी समेत गरेको छ

जसपा नेपालका महासचिव रामकुमार शर्माले भने, ‘जेनजीहरूले जुन मुद्दा उठाएर आन्दोलन गरे, त्यो मुद्दा हाम्रो थियो । हामीले नै वर्षौँदेखि उठाउँदै आएको मुद्दा थियो त्यो । तर, जुन मुद्दाको आडमा आन्दोलन भएको थियो, अहिले त्यसलाई छाडेर नयाँ शक्तिहरू अर्कैतिर गइरहेका छन् ।

भ्रष्टाचारको अन्त्य, सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र राज्यको हरेक निकायमा समावेशितालगायतका मुद्दा जसपा नेपालले सुरुदेखि उठाउँदै आएको दाबी गर्दै उनले यो चुनावमा पनि आफूहरूले यसलाई एजेन्डाका रूपमा अघि सारेको बताए । २०८४ को चुनाव २०८२ मा भइरहेको र त्यसको मुख्य माग नै संविधान संशोधन रहेको भन्दै उनले चुनावपछि बन्ने सरकारले व्यापक रूपमा संविधान संशोधन गरेर जनताका एजेन्डा समावेश गर्ने अपेक्षा आफूहरूले गरेको र मतदातालाई पनि त्यही कुरा भनिरहेको बताए ।

संविधान संशोधनको माग आफूहरूले २०७२ देखि नै उठाउँदै आएको र अहिले आएर मात्र सबै नयाँ तथा पुराना दलहरू त्यसमा सहमत भएको बताउँदै उनले संविधान संशोधन भए मात्र सबै समस्या समाधान हुने जिकिर गरे ।

संविधानको पूर्ण संशोधन गरी बहुराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने भन्दै राष्ट्रिय मुक्ति पार्टी (रामुपा) ले सबै समुदायलाई आत्मनिर्णय, स्वायत्तता एवं समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने प्रतिबद्धता मतदातासमक्ष जनाइरहेको छ । रामुपाले मतदातालाई भनिरहेको छ, ‘केवल सत्ता परिवर्तन होइन, चेतना परिवर्तन पनि हुनुपर्छ ।’

आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएका क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्नुका साथै प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिने प्रतिबद्धता पार्टीले जनाइरहेको छ ।

ग्राम स्वराज, गणराज्य स्वराज र बहुलराष्ट्र स्वराज गरी रामुपा नेपालले ती स्वराजको अवधारणा लिएर मतदातामाझ गएको छ । ग्राम स्वराजले स्थानीय समुदायको स्वशासनको सुनिश्चितता गर्नेछ भने गणराज्य स्वराजले सांस्कृतिक संघीयता वा क्षेत्रीय/जातीय स्वायत्तताको ग्यारेन्टी गर्ने दाबी सो पार्टीले गरेको छ । बहुलराष्ट्र स्वराजले साझा राष्ट्रिय ढाँचा निर्माण गर्ने भनिएको छ ।

रामुपा नेपालका महासचिव केशव झाले आफूहरूको एजेन्डा सबै दलभन्दा फरक रहेको दाबी गरेका छन् । अहिलेको अवस्थामा साम्यवाद, उदारवाद र समाजवाद सबै असफल भइसकेकाले आफूहरूले स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको अवधारणा अगाडि सारेको उनले बताए । अरू सबै दलले संविधान संशोधनको कुरा उठाइरहेका छन् तर आफूहरूले संविधान पुनर्लेखन नै गर्नुपर्छ भनिरहेको उनको भनाइ छ ।

रंगभेदको मुद्दा स्थापित गरेको, डा. सीके राउतले १० दिने आमरण अनशन र अहिंसात्मक आन्दोलन गरी अन्तर्राष्ट्रिय मञ्चमा मधेस आन्दोलनलाई उचाइ दिएको, मधेसको इतिहास लेखेर प्रचार गरी सदाका लागि स्थापित गरेको, विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी ल्याएको, मधेसलाई यूएन, यूएनपीओ, आईसीएपीपी आदि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराएको र संसदमा मधेसी भाषामा शपथ लिएको विषयलाई जनमत पार्टीले अघि सारेको छ ।

अध्यक्ष राउत सांसारिक मोहबाट टाढा रहन सन्यास ग्रहण गरेका संन्यासी र आध्यात्मिक साधनामा अग्रसर रहेको तथा युवा अवस्थामै सबै कुरा त्यागेर राजनीतिमा आएका कारण आफ्नो पार्टीलाई मत दिनुपर्ने जनमत पार्टीका नेताहरूले भन्दै आएका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरूले ‘नौलो गणतन्त्र’ लाई मुख्य एजेन्डा बनाएको बताए । देशको अबको निकास नै नौलो गणतन्त्र रहेकाले चुनावमा त्यसलाई मुख्य एजेन्डा बनाएको उनको भनाइ छ । जेनजी आन्दोलन नौलो गणतन्त्रका लागि नै भएको र जुन कुरा आफूहरूले सुरुदेखि उठाउँदै आएको बताउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, प्रदेशलाई स्वायत्त गर्नुपर्ने, स्थानीय तहलाई प्रदेशअन्तर्गत राख्नुपर्ने र आर्थिक स्वायत्तता कायम गर्नुपर्ने जस्ता माग लिएर आफूहरू चुनावमा होमिएको बताए ।

  • पहिचानका मुद्दा

नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अब्दुल खानले समुदायमा आधारित समाजवादका लागि आफूहरू संघर्ष गर्दै चुनावमा होमिएको बताए । उनले भने, ‘हाम्रो मुख्य मुद्दा नै पहिचान हो, भौगोलिक समानताका आधारमा हरेक नागरिकले पहिचान पाउनुपर्छ भन्ने एजेन्डा बनाएर चुनावमा होमिएका हौँ ।’

पहिचानवादी समुदायलाई जबसम्म मूलधारमा ल्याइँदैन तबसम्म देश अगाडि बढ्न सक्दैन भन्दै उनले आर्थिक समृद्धिका लागि पनि हरेक नागरिक सबल हुनुपर्ने र त्यो माग आफूहरूले संसदमा उठाउने भन्दै मतदातासँग मत मागिरहेको बताए । यी सबै कार्यका लागि संविधान संशोधन हुनैपर्ने र चुनावपछि बन्ने नयाँ सरकारलाई संविधान संशोधनको मुद्दा अगाडि बढाउनका लागि दबाब दिने पनि उनले बताए । राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

२४ माघ २०८२, शुक्रबार
दुर्गा प्रसाईं फेरि समातिए
अन्तर्राष्ट्रिय

दुर्गा प्रसाईं फेरि समातिए

२४ माघ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

जन्तीमा बस दुर्घटना हुदा १३ जनाकाे मृतयु

२४ माघ २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

२४ माघ २०८२, शुक्रबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh