बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हाे । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार राय ६ जनाकाे मृत्यु भएकाे जानकारी दिए । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।








































































































