रामगाेपालपुर । जनता समाजवादी पार्टी, नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको मूल नारासहित अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न गरेको छ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सुरेन्द्र कुमार यादवले आफुहरूकाे निरन्तर जनताकाे सेवामा समर्पित रहि कामगर्दै आएकाे बताउदै मधेश प्रदेशकाे सबलिकरण तथा शसक्तिकरण गर्न लागि पर्ने बताए । उम्मेदवार डा.यादवले बर्षाैदेखि शाेषणा उत्पिडन र बहिष्करणमा परेका मधेशी समुदायकाे अधिकार र आर्थिक सबलिकरणका लागि सधै लडिरहने समेत बताए ।
जसपाका बरिष्ट नेता तथा पुर्व श्रम ,राेजगार तथा समाजिक बिकास मन्त्री शरत सिहं भण्डारीले प्रमुख अतिथिका रूपमा बाेल्दै मधेशीमाथि गाेलि चल्दा चुईक नबाेलने आज भाेटकाे बेला म मधेशी बेटा हाे भन्दै मधेशी जनतालाई ठग्न आएकाहरूसंग सचेत रहन आग्रह गर्दै जति खेर मधेशी जनतामाथि प्रहार भईरहेकाे थियाे त्यतिखेर जनतासंग जसपा नेपाल खडा रहेकाे बताए ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, सुशासनको प्रत्याभूति तथा उत्पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न जनता समाजवादी पार्टी निर्णायक भूमिकामा रहेको बताए ।
उहाँले आगामी निर्वाचनलाई जनताको अधिकार र पहिचानको लडाइँका रूपमा चित्रण गर्दै कार्यकर्ताहरूलाई संगठित, अनुशासित र योजनाबद्ध रूपमा परिचालन हुन आग्रह गरे ध। “यो निर्वाचन केवल सिटको प्रतिस्पर्धा होइन, मधेश र उत्पीडित समुदायको भविष्य सुरक्षित गर्ने ऐतिहासिक अवसर हो,” उहाँले बताए ।
कार्यक्रममा जसपाका महासचिव रामकुमार शर्मा ,जसपा नेपालकाे केन्द्रीय सचिव ज्ञानेन्द्र झा ज्ञानु,मधेश प्रदेश अध्यक्ष बाल किशाेर यादव, प्रदेश सांसद एवम प्रमुख सचेतक रमिता प्रधान ,केन्द्रीय सदस्य दिपक झा गुडु,जसपा नेपालकाे महाेतरी जिल्ला अध्यक्ष राम नरेश यादव औरही नगर उप प्रमुख रेणु देवी झा,जसपा नगर अध्यक्ष दरेश यादव ,साेनमा गापा अध्यक्ष विशेश्वर यादव,सम्सि गापा अध्यक्ष रामनाथ यादवपार्टीका स्थानीय नेता–कार्यकर्ता, निर्वाचन परिचालन समितिका सदस्यहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई निर्वाचन रणनीति, जनसम्पर्क, मतदाता अभिमुखीकरण तथा संगठन विस्तारबारे प्रशिक्षण प्रदान गरिएको थियो।
जानकी एकेडेमीक हस्पिटलमा सम्पन्न कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रमको आयोजना निर्वाचन परिचालन समिति क्षेत्र नं. ४, महोत्तरी, मधेश प्रदेशले गरेको थियाे ।







































































































