• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा


निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा

Oplus_16908288

जनकपुरधाम । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशभरि तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेशका आठ जिल्लामा कुल २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र रहेका छन्। तीमध्ये ५७ प्रतिशत अर्थात् २३७ मतदान केन्द्र अति संवेदनशील सूचीमा परेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेशभरि १,२३७ मतदानस्थल र २,६१३ मतदान केन्द्र अति संवेदनशील, ७६३ मतदानस्थल र १,५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्र सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा परिचालन गरिएको छ।

सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’ मा रहेका छन्। सप्तरीमा २९६ मतदानस्थलमध्ये २०९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १५४ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। प्रदेशभरि ७३ वटा मतदानस्थल संवेदनशील सूचीमा छन् भने सर्लाहीमा सबैभन्दा बढी १३१ मतदानस्थल संवेदनशील सूचीमा रहेका छन्। सुरक्षा चुनौती भएका मतदानस्थलमा विशेष रणनीति तयार पारिएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था, राजनीतिक गतिविधि लगायतका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो। खुला सीमा र विगतका घटनाक्रमका कारण मधेस प्रदेशमा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको भनाइ छ।

करिब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षालाई संवेदनशील बनाएको सुरक्षा निकायको बुझाइ छ। यस्ता चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील मतदानस्थलमा सुरक्षा सक्रियता थप सुदृढ बनाइएको छ जसमा १२ हजार ६०० नेपाल प्रहरी र २८,२९५ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिने छ। साथै सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको समेत सक्रिय सहभागिताले सुरक्षा घेरालाई थप सुदृढ बनाएको बताए।

यसैबिच बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका डीआईजी कृष्ण ढकालले प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। सशस्त्र प्रहरीले निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत जनशक्ति परिचालन गरेको जनाएको छ।

धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीका अनुसार भारतको बिहार राज्यअन्तर्गत धनुषामा मधुवनी र महोत्तरीमा सीतामढी जिल्लासँग करिब ३९ किलोमिटर सीमा जोडिएको छ। महोत्तरीका २९८ मतदानस्थलमध्ये १६३ स्थल अति संवेदनशील, ८९ स्थल संवेदनशील र बाँकी मतदानस्थल सामान्य श्रेणीमा रहेका छन्। त्यसैगरी धनुषामा ३२२ मतदानस्थलमध्ये १९४ वटा मतदानस्थल अति संवेदनशील, १०६ संवेदनशील र २२ वटा सामान्य श्रेणीमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनाए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आन्तरिक सुरक्षा व्यवस्था चुस्त रहेको दाबी गर्दै खुला सीमामा मधेसको सामाजिक–सांस्कृतिक विशेषता भए पनि निर्वाचनजस्ता लोकतान्त्रिक प्रक्रियामा यसको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे। उनले पुस २४ गते सीमापारिबाट हुनसक्ने सुरक्षा चुनौतीबारे सीतामढी जिल्लाका सुरक्षा निकायसँग चन्द्रनिगाहपुरमा सुरक्षा बैठक सम्पन्न भइसकेको जानकारी दिए। धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले मधुवनी जिल्लासँग फागुन ९ गते जनकपुरमा सीमा सुरक्षा बैठक तयारी भइरहेको बताए। यसले निर्वाचन सुरक्षा व्यवस्थापनलाई अझ सशक्त र भरपर्दो बनाउने विश्वास लिइएको छ।

मधेस प्रदेशमा व्यापक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। सुरक्षाका तीनवटै निकायबाट गरी मधेसमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने डीआईजी थपलियाले जनाए। नेपाल प्रहरी र निर्वाचन प्रहरीबाट करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट १० हजार र यसका अतिरिक्त नेपाली सेनासमेत परिचालन गरिने भएको छ।राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

१९ माघ २०८२, आईतवार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

१९ माघ २०८२, आईतवार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

१९ माघ २०८२, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

१९ माघ २०८२, आईतवार
Next Post
आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

मधेस प्रदेशका सांसद सराेज सिंह कुश्वाहा सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh