• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस झरेपछि गगनले सम्झिए दुर्गान्नद झा, ५२ वर्षपछि केपी शर्मा ओली नेतृत्वको सरकारले मात्र सहिद घोषणा गरे


मधेस झरेपछि गगनले सम्झिएका को हुन् दुर्गानन्द झा ?

काठमाडौँ । मधेस प्रदेशको सर्लाही–४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार कांग्रेसका सभापति गगन थापाले आज सहिद दुर्गानन्द झालाई सम्झिए ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा रहेका दुर्गानन्दा झालाई ६२ वर्षअघि अर्थात् २०२० माघ १५ गते राज्यले फासीको सजाय दिएको थियो । लामो समयसम्म दुर्गानन्दका परिवारले उनलाई सहिद घोषणा गर्न दबाब दिए पनि कांग्रेसले सहिद घोषणा गरेको थिएन । दुर्गानन्दलाई सहिद घोषणा गराउन उनका परिवारले ५२ वर्ष कुर्नुपर्‍यो ।

तर मधेसबाट उम्मेदवार बनेका कांग्रेस सभापति थापाले आज बिहीबार बिहान दुर्गानन्द झालाई श्रद्धाञ्जलि दिए । उनले आफ्नो फेसबुकमार्फत सहिद दिवसमा निडर विचार, असहमति र लोकतान्त्रिक साहसका प्रतीक सहिद दुर्गानन्द झाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले ‘सत्यलाई दबाउन खोजिएको समय, गणतन्त्रको आवाज बनेर उभिनुभएको नाम हो, शहीद दुर्गानन्द झा’ भन्दै नागरिक अधिकार, पहिचान र न्यायको प्रश्न उठाएको कारण उनलाई फाँसी दिएको दाबी गरे ।

उनको शहादत ‘केवल एक व्यक्तिको अन्त्य होइन, यो मौनताविरुद्ध प्रतिरोध थियो र गणतान्त्रिक चेतनाको अमिट दस्तावेज’ उनले भनेका छन् ।

जनकपुर भ्रमणमा गएका बेला तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका दुर्गानन्दलाई राज्यले फाँसी दिएको थियो । गणतन्त्रका लागि फाँसी चढेका दुर्गानन्दलाई ५२ वर्षपछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ मा सहिद घोषणा गरेको थियो । दुर्गानन्द आफ्नो पार्टीका रहेको दाबी कांग्रेसले गर्दै आइरहेको छ, तर पटक–पटक सरकारमा रहँदा पनि दुर्गानन्दलाई सहिद घोषणा गर्न भने हिचकिचाइरहेको थियो ।

को हुन् दुर्गानन्द झा ?

१९९९ वैशाख १४ सहिद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण र सुकमारीदेवीको एक मात्र सन्तानका रूपमा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दा पढ्दै २०१७ साल १४ वर्षीया काशीदेवी झासँग उनको विवाह भएको थियो । दुर्गानन्द झाको बुवाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।
विवाह गरेको एक वर्षमै गर्भवती श्रीमतीलाई छाडेर उनी लोकतन्त्र प्राप्तिको संघर्षमा लागेका थिए । घरमा एक्लै श्रीमती र वृद्धा आमा मात्र हुँदा आवश्यक हेरचाह नभएर उनको बच्चा मृत जन्मेको थियो । हाइस्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबास र राजनीतिमा बित्यो । त्यसैले काशीदेवीसित उनको भेट महिनामा एकाध पटकभन्दा बढी हुन सकेन ।

महेन्द्रमाथि बम

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरकुंश कदमविरुद्ध कांग्रेसले आन्दोलन सुरु गरेको थियो । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित दुर्गानन्दले ‘प्रजातन्त्रको हत्या गर्नेलाई नछाड्ने’ मनमा ठानिसकेका थिए । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी राजामाथि बम प्रहार गर्ने योजना उनले बनाएका थिए । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएका बेला महेन्द्रमाथि बम प्रहार गर्ने उनले योजना बनाएका थिए । र त्यसलाई सफल पार्न उनमा आँट थियो ।

कडा सुरक्षा घेरमा रहेका महेन्द्रमाथि जानकी मान्दिरमा उनले बम प्रहार गरेका थिए । तर बम पड्केन, महेन्द्र चढेको गाडीको सिसामा भने लाग्यो । बम प्रहार गरेर त्यत्रो सुरक्षाबिच उनी भाग्न सफल भएका थिए । उनी भागेर जनकपुरकै एक मन्दिरमा डेरा गरी बसेका हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट हातमा लोटा लिएर खुला ठाउँमा दिसा गर्न बिहानै निस्केका थिए र त्यहाँबाट भारतको उभगाँव पुगेका थिए ।

यता बम कण्डका नाममा विभिन्न व्यक्तिलाई राज्यले धरपकड गरिरहेको थियो । देशैभरि हल्लीखल्ली मच्चिएको थियो । बमकाण्डको आरोपमा पक्राउ परेकालाई तत्कालीन सरकारले थुनामा राखेर यातना दिइरहेको थियो, दिनहुँ कुटपिट गरिन्थ्यो, तर बम प्रहार कसले गर्‍यो पत्ता लगाउन सकेको थिएन ।

सीमापारि कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोषमाथि राज्यले बर्बर याता दिएको सह्य भएन, अनि उनी जयनगरबाट रेल चढेर जनकपुरका लागि हिँडे । जनकपुर नपुग्दै उनी तत्कालीन एसपी मानबहादुर राईको नतेृत्वमा गएका टोलीबाट पक्राउ परे ।

पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा उनलाई ल्याएको थियो । गिरफ्तारी भएपछि उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो ।

फाँसी दिन कानुन संशोधन

सरकारले बमकाण्डको अध्ययन गर्न विशेष अदालतका तत्कालीन न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । त्यो आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर ‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने’ त्यतिबेलाको कानुनमा उल्लेख थियो ।

कानुनमा त्यस्तो उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएको थियो । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउने आदेश दिएका थिए । त्यही साल फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।

२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रूखमा दुईपल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख्न भनिएको थियो, तर उनी मृत्युदण्ड स्वीकार गर्न तयार भए । उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनकी आमालाई जानकारी दिइएको थियो । दुर्गानन्दकी आमाले शव मागे पनि राज्यले दिएन । पछि कुशको लास बनाएर उनकी आमाले भारतको गयामा दुर्गानन्दको अन्तिम संस्कार गरेकी थिइन् ।

आमासँग गणतन्त्रका कुरा 

‘नरुनु होस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । गणतन्त्र अब आउँछ–आउँछ ।’ २०२० माघ १४ गते आफूलाई जेलमा भेट्न आएकी आफ्नी आमालाई दुर्गानन्दले भनेका थिए । त्यसै दिन उनले आफ्नी श्रीमती काशीदेवीलाई पनि भनेका थिए, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरूको नाम देशभर चल्छ ।’ दुर्गानन्द झाले यो कुरा भनेको ४५ वर्षपछि मात्र देशमा गणतन्त्रको घोषणा भएको थियो । ०६५ जेठ १४ गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

फाँसी दिँदाको दिनसम्म दुर्गानन्द र काशीदेवीको बिहे भएको झण्डै ३ वर्ष पुगेको थियो । एउटा नवदुलही जसको श्रीमानको मृत्यु तय भइसकेको छ र उनलाई भेट्न जेलमा गएकी थिइन् । यो कम वियोगान्त थिएन, वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्त्छ, ‘भावविह्वल नवदुलही काशीदेवीलाई दुर्गानन्दले ‘दो हँसो को जोडा बिछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ विरहको गीत सुनाएका थिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

१६ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

१६ माघ २०८२, बिहीबार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

१६ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

१६ माघ २०८२, बिहीबार
Next Post

डिजेल र मट्टितेलको मूल्य बढ्यो

निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा

निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh